एक किलो ब्राउन सुगरसहित दुई पक्राउ

एक किलो ब्राउन सुगरसहित दुई पक्राउ

वीरगन्ज : वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध खैरो हिरोइन (ब्राउन सुगर) सहित दुईजना युवकलाई पक्राउ गरेको छ।

 
प्रहरीले झण्डै एक किलो खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका २ घर घएका ३० वर्षीय जयरामकुमार राम र त्यही ठाँउका २५ वर्षीय बालेश्वरदास थारु रहेका छन्। उनीहरुको साथबाट प्रहरीले नौ सय ६६ ग्राम खैरो हिरोइन बरामद गरेको हो।

वीरगन्ज महानगरपालिका–१५ स्थित बसपार्कमा रहेको ऋद्धि होटलको २०६ नम्बरको कोठाबाट दुवै जनालाई पक्राउ गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

खैरो हिरोइनसहित राम र थारुलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेपनि उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। 

ऋद्धि होटलको कोठा नम्बर २०६ मा बसेर केही व्याक्तिले लागु औषध खैरो हिरोइनको कारोबार गरिरहको छन् भन्ने विशेष सूचना लागु औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय वीरगन्जको टोलीले दिएपछि शुक्रबार साँझ होटलको कोठामा छापा मारेर पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।
 प्रारिम्भक अनुसन्धानका क्रममा पक्रउ परेका मध्ये थारु, खैरो हिरोइनको कारोबारी र राम भरिया रहेको खुल्न आएको प्रहरी उपरीक्षक ढकालले बताए।

सुराकी पाएपछि शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले होटलमा छापा मार्दा खैरो हिरोइनसहित राम पक्राउ परे’, प्रहरी उपरीक्षक ढकालले भने, ‘त्यसपछि प्रहरीले रामलाई फोन गर्न लगाएर थारुलाई बोलाएपछि उनलाई नियन्त्रणमा लिइएको हो।’बरामद खैरो हेरोइनको मूल्य ५८ लाख रुपैयाँ पर्ने प्रहरीको भनाइ छ। भारतमा भने यसको मूल्य करोड बढी पर्छ। प्रहरीले पक्राउ परेका दुईजनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।
   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.