चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज सेमिफाइनलमा

मोरङ : बेलबारी नगरपालिका-११, लक्ष्मीमार्गमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले विजयी सुरुआत गरेको छ। जितसँगै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको उद्घाटन खेलमा चिरप्रतिद्वन्द्वी धनकुटा-११ लाई ५-३ गोलले निराश बनायो। धनकुटाको सुरुआती प्रदर्शन फितलो भएको फाइदा उठाउँदै चर्च ब्वाइजले सहज जित निकालेको हो। चर्च ब्वाइजको जितमा निरज बस्नेत, भुवन बस्नेत र सुनील खड्काले एकएक गोल गरे भने जाङ्बु शेर्पाले दुई गोल गरे। धनकुटाका वर्तमान राईले दुई तथा दिपेन तामाङले एक गोल फर्काए।

चर्च ब्वाइजका निरज बस्नेतले १६औं मिनेटमा गोलको खाता खोल्दै टोलीलाई अग्रता दिलाएका थिए। कप्तान अरुण श्रेष्ठको कर्नर पासलाई निरजले जाली चुमाएका थिए। २६औं मिनेटमै चर्चले अग्रता दोब्बर बनायो। जाङ्बु शेर्पाले २६औं मिनेटमा धनकुटाका गोलरक्षक रुंग्रिहाङ राईलाई जिल्याउँदै गोल गरे। ३८औं मिनेटमा चर्चकै निरज बस्नेतको फ्रिकिक प्रहारलाई भुवन बस्नेतले गोल गर्दै खेललाई ३-० को अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हाफको ४८औं मिनेटमा विपक्षी गोलरक्षक अगाडि बढेको मौका सुदुपयोग गर्दै चर्चका सुनील खड्काले गोल गर्दै खेललाई ४-० को स्थितिमा पुर्‍याए। ६७औं मिनेटमा निरज बस्नेतको पासलाई जाङ्बु शेर्पाले हेडमार्फत सुन्दर गोल गरेका थिए।

६३औं मिनेटमा धनकुटाले पहिलो गोल फर्काएको थियो। विवश लिम्बूको क्रस पासमा वर्तमान राईले बललाई जाली चुमाएका थिए। ६८औं मिनेटमा दिपेन तामाङले गोल गर्दै चर्च ब्वाइजको अग्रता कम गर्ने प्रयास गरेका थिए। इन्जुरी समयमा वर्तमान राईले २५ यार्ड टाढाबाट गरेको प्रहार पोस्टको दायाँ बारमा ठोक्किएर गोलमा परिणत भए पनि धनकुटाका लागि पर्याप्त हुन सकेन।

खेलको दोस्रो मिनेटमै दीपेन तामाङ चुक्दा धनकुटाले अग्रता लिने अवसर गुमाएको थियो। खेलमा धनकुटाले पाएको आधा दर्जन अवसरलाई सदुपयोग गर्न सकेन। चर्च ब्वाइजले पनि एक दर्जन अवसरलाई खेर फाल्यो।

खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका जाङ्बु शेर्पा घोषित भए। आइतबार आयोजक डाँगीहाट युथ क्लब र झापाको बिर्तामोड युनाइटेडबीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.