ब्लडमनी तिरेपछि दिलबहादुर जेलमुक्त

ब्लडमनी तिरेपछि दिलबहादुर जेलमुक्त

रोल्पा : मृत्युको पर्खाइमा रहेका पति जेलमुक्त हुँदा को खुशी नहोला ! ब्लडमनी तिर्न नसक्दा साउदी जेलमा रहेका पति रिहा भएको खवरले रोल्पा नगरपालिका–१० धबाङकी मनिका घर्तीमगरका आँखा खुसीले रसाए । ६७ लाख रुपैयाँ ब्लडमनी तिरेपछि दिलबहादुर भदौ २१ गते रिहा भएका हुन् ।

मनिकाको मोबाईलमा शुक्रबार साँझ साउदीको अपरिचित नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गर्ने वित्तिकै पति दिलबहादुर बोले, ‘म जेलबाट रिहा भएँ ।’ सुखद खवरले त्यतिवेला मनिकाको मन खुसीले ढक्क फुल्यो । उनका आँखा रसाए । केही समय त हर्षले शब्द समेत फुरेनन् उनका ।

दुई वर्षदेखि साउदीमा जेलजिवन विताइरहेका पति रिहा भएको खवर मनिकाले शनिबार बिहान अन्नपुर्ण पोस्टलाई बताइन् । ‘पतिले रिहा भएँ भनेर शुक्रबार साँझ आठ वजे फोन गर्नुभयो ।’, खुसी हुँदै मनिकाले भनिन्, ‘वंगालीको कोठामा छु भनेर फोन गर्नुभयो । कानूनी प्रक्रिया पु¥याएर नेपाल फर्कने भन्नु भएको छ ।’ साउदीस्थित नेपाली दुतावासका प्रतिनिधिको रोहबारमा दिलबहादुर रिहा भएका हुन् ।

ट्राफिक प्रहरी कार्यालयमा केही कानूनी प्रक्रिया बाँकी रहेको र जेल पर्दाताका उनी कार्यरत कम्पनिमा कागजी प्रक्रिया मिलाएर नेपाल फर्कने उनले परिवारलाई जानकारी गराएका छन् । जेलमुक्त भएपछि उनको साथमा कोही नेपालीको फोन नम्बर भएन् । संयोगले वंगालीको कोठामा पुगेको र उनकै नम्बरबाट परिवारलाई खवर गरेका हुन् ।

यसरी जुट्यो ब्लडमनी

दिलबहादुरले चलाएको ट्रकले साउदी नागरिक ओतिन विन दिगफाको मृत्यु भएपछि अदालतले २ लाख २५ हजार साउदी रियाल ब्लडमनी दिनुपर्ने पैmसला गरेको थियो । २०७३ जेठ ३१ गतेको उक्त दुर्घटनाका कारण उनी जेल परेका थिए ।

ब्लडमनी तिर्न नसक्दा जेलमै रहेको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि मनकारीले सहयोग संकलन अभियान संचालन गरेका थिए ।

दिपेश पुनको संयोजकत्वमा दिलबहादुर वचाउन ब्लडमनी संकलन मूल समिति गठन भएको थियो । मूलसमितिको नेतृत्वमा विदेशमा रहेका मनकारी रोल्पाली र नेपालीले व्लडमनी संकलन गरेका थिए । गृह जिल्लामा पनि स्थानीय तह, वाईसियल, उद्योग वाणिज्य संघलगायतले ब्लडमनी संकलन गरी मूल समितिलाई हस्तान्तरण गरेका थिए ।

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले मूलसमितिलाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । दिलबहादुरका पत्नी मनिका र मूलसमिति संयोजक पुनलगायतको संयुक्त हस्ताक्षरित बैंक खातामा १ करोड ४ लाख २३ हजार ब्लडमनी संकलन भएको थियो । संयोजक पुनका अनुसार परराष्ट्र मन्त्रालयमार्पmत ६७ लाख रुपैयाँ साउदी दूतावासमा पठाईएको थियो । ‘९० दिनको अभियानमा ब्लडमनी संकलन गरियो’, अभियन्ता पुनले भने, ‘जेलमा रहेका दिलबहादुर रिहा भएको खवरले सहयोगी सबै खुसी भएका छौं ।’ ब्लडमनी पठाएको २१ दिनपछि उनी रिहा भएका हुन् ।

नेपाल फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिलबहादुरलाई स्वागत गर्ने तयारी मूल समितिले गरिरहेको छ । स्वागतकै क्रममा पत्रकार सम्मेलन गरी सहयोग रकमको विवरण र खर्च सार्वजनिक गर्ने संयोजक पुनले वताए । ब्लडमनीका रुपमा संकलित ३७ लाख २३ हजार रुपैयाँ के गर्ने भन्नेबारे दिलबहादुर नेपाल फर्किएपछि निश्कर्ष निकालिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.