स्थानीय तहको निर्णय उल्ट्याउँदै अदालत

स्थानीय तहको निर्णय उल्ट्याउँदै अदालत

तुुलसीपुुर / बुुटवल : दाङको शान्तिनगर गाउँपालिकाले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष नै रहने निर्णय गर्‍यो । शिक्षा सञ्चालन कार्यविधि बन्यो । तर शिक्षा ऐन विपरितको निर्णय कार्यान्वयनमा वडा अध्यक्ष संकुुचित थिए । वडाध्यक्ष विद्यालय नपुुग्दै निर्णयविरुद्ध अदालतमा मुुद्धा पर्‍यो ।

पालिकाको निर्णय खारेजी माग गर्दै शान्तिनगर गाउँपालिका ७ धनौरीमा रहेको शिवशक्ति माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्दराज शर्माले उच्च अदालत तुुलसीपुुरमा रिट हाले । बैशाखमा परेको मुुद्धाको सुुनुुवाई गर्दै उच्च अलादत तुुलसीपुुरले गाउँपालिको विपक्षमा निर्णय सुुनायो । गाउँपालिकाको शिक्षासम्बन्धि निर्णय कार्यान्वयन नगर्न नगराउन अदालतले आदेश दियो ।

अदालतले निर्णय मात्रै उल्ट्याएन विद्यालय ब्यवस्थापन समितिलाई पुुर्ववत काम गर्ने निर्देश पनि गर्‍यो । स्थानीय तहले हचुुवाको भरमा गरेको निर्णय अदालतबाट उल्टिएको यो एउटा प्रतिनिधि घटना हो । कानुुन नै नबुुझी आफू खुुसी निर्णय गर्ने स्थानीय तहलाई अदालतले अंकुुश लगाएपछि जनप्रतिनिधी तनावमा छन् ।

शान्तिनगर गाउँपालिकाले हाल भएको गाउँपालिका केन्द्र परिवर्तन गरि जुुम्लेखुुला सार्ने निर्णय गर्‍यो । त्यो निर्णय नियमसंगत नभएको भन्दै स्थानीयले उच्च अदालतमा मुुद्धा दायर गरे । उच्च अदालतले सो निर्णय समेत पालना नगर्न आदेश दियो । गाउँपालिकाको केन्द्र चिराघाटबाट जुुम्लेकुुला सार्ने बहुुमतले निर्णय गरेको थियो ।

दाङकै बंगलाचुुली गाउँपालिकाले पनि शिक्षासम्बन्धी कार्यविधि बनाउँदै बडा अध्यक्षलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय गर्‍यो । श्रीवारी माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिबे दमाई र स्थानीय अभिभावक भेषराज खत्रीले वडा अध्यक्ष विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बन्ने निर्णय शिक्षा ऐनविरुद्ध भएको भन्दै अदालतमा रिट हाले । अदालतले स्थानीय तहको कार्यविधि र संघीय सरकारको नियमसँग बाझिएको भन्दै त्यो खारेज गर्न आदेश दिएको उल्लेख छ ।

स्थानीय तहको शिक्षा ऐनविरुद्ध मुुद्धा दिएका शर्माले गाउँपालिकाले आफुु खुुसी निर्णय गर्दा बाध्य भएर अदालत जानुु परेको बताए । उनले अभिभावको अधिकारलाई गाउँपालिकाले कुुण्ठित बनाउन खोजेको आरोप लगाए । पछिल्लो समय स्थानीय तहले आधार विना विभिन्न निर्णय र कार्यविधि बनाउँदा त्यस्ता निर्णय अदालतसम्म पुुग्ने र अदालतले निर्णय रोक्ने काम भइरहेको छ ।

जिल्लामा सबैजसो स्थानीय तह कुुनै न कुुनै निर्णयमा विवादित देखिएका छन् । स्थानीय तह अधिकार सम्पन्न भएको र आफैं नीति बनाउन सक्ने तर्क स्थानीय तहका जनप्रतिनिधिले गर्दै आए पनि त्यसलाई अदालतले मानेकोे छैन । गाउँपालिकाका धेरै निर्णय अदालतले उल्ट्याइ दिएको छ ।

स्थानीय तहमा आफुुखुुसी निर्णय हुुन थालेपछि सरोकारवाला अदालत पुुग्ने क्रम बढेको छ । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले निर्णय गर्दा बिधि नपुुगेपछि केहि निर्णय उल्टीएको बताए । संघीय कानुुन बनेमा यसको सहजै समाधान हुुने उनको भनाइ छ ।

अदालतमा ३५ मुुद्धा

उच्च अदालत तुुल्सीपुुर बुुटवल इजालसमा चुुनाब भएयता स्थानीय तहलाई विपक्षी बनाइ ३५ वटा रिट दर्ता भएका छन् । जसमध्ये धेरै शिक्षासँग सम्बन्धित छन् । चुुनाब भएयता २३ वटा शिक्षासँग जोडिएका रिट परेका छन् । स्थानीय तहले आफूखुुसी विद्यालय मर्ज गरेको भन्दै अदालतमा रिट परेको हो ।

तिलोत्तमा र सैनामैना नगरपालिकाले आफ्नो क्षेत्रका केही विद्यालय मर्ज गरेका थिए । स्थानिय तहले प्रअलाई हटाएको विषयमा पनि रिट दायर भएको छ । शिक्षा ऐन २०२८ कायमै रहेको तथा नयाँ कानून नबनिसकेको अवस्थामा बाझिने गरी स्थानिय तहले ऐन बनाएको भन्दै केही रिट दर्ता भएको अदालतका उपरजिष्टार नेत्रप्रसाद भुुसालले बताए । ‘व्यवस्थापन समिति र त्यसले गरेका कार्यबारे रिट आएका छन्’ उनले भने, ‘विद्यालयमा नयाँ व्यवस्थापन समिति बनेको छ । कतिपयले वडाअध्यक्ष, सदस्यलाई प्रमुुख बनाएका छन् । केहीमा कर्मचारीलाई समेत व्यवस्थापन समितिमा राखेका छन् । अघिल्लो कानूनले त्यस्तो व्यवस्था गरेको छैन ।’

स्थानीय तह विरुद्धका रिटमा विकास निर्माणसम्बन्धी पनि त्यतिकै रिट दायर हुने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसकेको छ । धमाधम कानून बनाइरहेका छन् । संघ र प्रदेशले कानून निर्माण नगर्दै स्थानिय तहले बनाएका कतिपय कानून बाझीएको भन्दै आलोचना हुुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.