राप्तीका अभिभावक महतारा

राप्तीका अभिभावक महतारा

 तुलसीपुर : तुलसीपुरका टोपबहादुर महतरालाई सिङ्गो दाङले चिन्छ । जोश, जाँगर, हौसला सधैं एकनास छ । महतरा पेशाले अटो व्यवसायी हुन् । तुलसीपुर बसपार्कमा अटो व्यवसाय सञ्चालन गरिरहेका महतरा ४६ जना बालबालिकाको रेखदेख, पालनपोषण र शिक्षादीक्षाको अगुवाइ गरिरहेका छन् ।

उनी अभिभावकलाई पनि आर्यआर्जनमा लगाउन सीपमूलक तालिम दिलाउँछन् । त्यति मात्रै होइन, कैदीबन्दीको अभिभावक भएर उनीहरूको उत्पादन बजारसम्म पु¥याउने कामको पनि अगुवाइ गर्छन् ।

२०२८ असार ३ गते सल्यान जिल्लाको फालावाङ ४ गौरेमा जन्मेका महतरा कुलबहादुर र बेलकुमारीका जेठो सन्तान हुन् । २०५४ सालदेखि उनी तुलसीपुर बस्न थालेका हुन् ।

‘यो मेरो सकारात्मक सोचको नतिजा हो, मभन्दा धेरै कमाउने मान्छे समाजमा थुपै्र छन्’, उनले भने, ‘मैले त आम्दानीको केही पैसा मानवीय र सामाजिक कार्यमा लगाइरहेको छु ।’ उनी २०७० सालदेखि ४६ बालबालिका र २० महिलाको अभिभावक बनेका छन् ।

कुनै बेला उनीसँग पैसा थिएन, कसैले ऋण माग्दासमेत दिँदैनथे । ‘त्यतिबेला दिदी प्रेमकुमारी खड्काले आफै जमानी बसेर ३० हजार रूपैयाँ ऋण निकाल्दिनु भएको हो’, महताराले भने, ‘दिदीकै सहयोग सम्झेर मैले अरुलाई सहयोग गर्ने अवसर पाएको छु ।’

समाजमा कोही बोल्छन्, धेरै । कोही काम गरेर देखाउँछन् । महतारा दोस्रोमा पर्छन् । उनले काठमाडौं एकता बुक्सका प्रमुख रामचन्द्र तिमोथीले सामाजिक कार्यमा लाग्न दिएको हौसला कहिल्यै भुल्न नसक्ने बताए । ‘तीन सय बालबालिकाको संरक्षण गर्ने योजना बनाएको छु, त्यो पूरा होला आशा गरौं’, भन्छन्, ‘सेवा मेरो पहिलो प्राथामिकतामा छ । सेवाले मान्छेलाई समृद्ध बनाउने हो । पैसा ठूलो हैन, मन ठूलो हुनुपर्छ ।’

०७० सालदेखि दुःखमा परेका, शिक्षाबाट वञ्चित, कैदमा रहेका मानिसको सेवामा लागेका उनी अहिले राप्ती अञ्चलभरि दुःख पर्दा सम्झिने नाम भएका छन् । ‘आगलागी हुँदा सर्वस्व गुमाएका केही बालबालिकाको उच्च शिक्षाको जिम्मा पनि लिएको छु’, महताराले भने ।

सात जना बालबालिकालाई शिक्षा खर्चबाट सुरु उनको यो अभियानमा अहिले ४६ जना छन्, तत्कालको लक्ष्य छ तीन सयसम्म पु¥याउने । १० जनाको खर्च उनले व्यक्तिगत रूपमा बेहोर्छन् । बाँकी ३६ जनाका लागि पीडित सेवा संघले उनकै संयोजनमा सहयोग गरेको छ ।

आर्थिक जोहो गर्न विदेश पसेका महतरा स्वदेशमै केही गर्ने सोचसहित फर्केपछि पहिले पुरानै व्यवसाय सञ्चालन गरे, अनि समाजसेवा । ‘अब मेरो बाटो यही हो’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.