७२ को विस्मय सार्वजनिक

७२ को विस्मय सार्वजनिक

काठमाडौं : सञ्चारकर्मी बसन्त बस्नेतको ‘७२ को विस्मय’ पुस्तक शनिबार सार्वजनिक भएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेतात्रय महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र सुवास नेम्बाङ, राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी तथा लेखकले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

पूर्वराष्ट्रपति डा. यादवले भने, ‘पुस्तकमा तथ्यगत विषय प्रशस्त छन्। यो देश र खासगरी मधेस बुझ्न उपयोगी पुस्तक हो।’ छिमेकी चीन र भारतले तीव्र विकास गरे पनि नेपाल भने कहिले राजा र कहिले दलीय राजनीतिमा मात्र सीमित रहेकोप्रति उनले चिन्ता जनाए।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष ठाकुरले मधेस आन्दोलनको घटना पुस्तकले यथार्थ ढंगले प्रस्तुत गरेको विचार राखे। उनले भने, ‘मधेसमा अझै पनि असन्तुष्टि छ। तिनको समस्या समाधान नभएसम्म कुनै पनि समयमा त्यो विस्फोट हुन सक्छ।’

नयाँ शक्तिका संयोजकसमेत रहेका डा. भट्टराईले लेखकले जोखिमयुक्त विषयमा कलम चलाएको बताए। उनले भने, ‘यति ठूलो संघर्षबाट ल्याइएको संविधानप्रति नेपालको एउटा ठूलो तप्का मधेस असन्तुष्ट छ।’ यहाँ जातीय, क्षेत्रीय, महिलाको क्षेत्रमा, पिछडिएकाका पक्षमा बोल्नेहरूलाई अझै पनि डलरवादीको आरोप लाग्ने गरेको उनको भनाइ थियो। प्रदेश संरचनाका क्रममा थारू र मगर समुदायको क्लस्टर बिगारिएकोमा पनि उनले असन्तुष्टि पोखे।

नेकपाका नेता तथा पूर्वसभामुख नेम्बाङले मधेस आन्दोलन, नाकाबन्दी र भूकम्पजस्तो महŒवपूर्ण विषयमा पुस्तक आएकोमा गतिलो दस्तावेजीकरण भएको विचार राखे।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता अन्सारीले मधेसमा बस्ने जाति, समुदाय एवं इतिहासको विषयमा पुस्तकमा बडो रोचक प्रस्तुति रहेको बताइन्।

कार्यक्रममा लेखक बस्नेतले आफूले रिपोर्टिङमा देखेका अनुभूति पुस्तकमा समेटेको बताए। पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.