आज कुशेअौंसी : गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड (फोटो)

आज कुशेअौंसी : गोकर्णेश्वरमा पिण्डदान गर्नेको भीड (फोटो)

काठमाडौँ : आज कुशे अौसी तथा बाबुको मुख हेर्ने दिन। आजको दिन छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई, भोजन तथा उपहार दिइ आदर सम्मान गरी बाबुको मुख हेर्ने गर्दछन्। टाढा भएका छोराछोरीले बाबुलाई फोनगरी सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दछन्।

आजकै दिन कुश भित्र्याइने गरिन्छ। वैदिक सनातन धर्माबलम्बीहरु वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्। आजकै दिन पितृको संझनामा तर्पण र पिण्डदान दिने गरिन्छ।

बिहानैदेखि देशैभरका विभिन्न धार्मिकस्थलमा दिवङ्गत पितृप्रति तर्पण र पिण्डदान गर्नेहरुको भीड लागेको छ। राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ। पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा तर्पण, पिण्डदान र श्राद्ध गरे, घर मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ।

यही विश्वासमा देशका विभिन्न भागबाट आएका लाखौँ भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिए। टाढाबाट आएका भक्तजन शनिबार बेलुकीदेखि नै मन्दिर परिसरमै आएर बसेका छन्। 

आज बिहान ८ बजेसम्म मघा तिथि रहेकाले त्यसपछि तीर्थ श्राद्ध गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले बताए। वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न यहाँ भेला भएका हुन्। 

महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ। यसकारण भक्तजन र यात्रु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.