हत्या विरोधमा लिबाङ बन्द

हत्या विरोधमा लिबाङ बन्द

(लिबाङ) रोल्पा : तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्या विरोध स्वरुप तरुण दलले सोमबार रोल्पाको सदरमुकाम लिबाङ बजार, यातायात र शिक्षण संस्था बन्द गराएको छ ।  आइतबार बेलुका पौने पाँच बजे पुनको पुर्वी सुलिचौरको रेष्ट प्वाईन्ट रेष्टुरेन्टमा गोली हानी हत्या भएको थियो । सोही हत्याका दोषीमाथि कडा कारवाही गर्न र फरार रहेका व्यक्तिहरुको यथाथीघ्र पक्राउ गर्न माग गर्दै लिबाङ बजार बन्द गरिएको आयोजकले जनाएको छ । बन्दका कारण बिहानैदेखि बजार सुनसान छ । लामो र छोटो दूरीका सवारी साधन चलेका छैनन् ।

विरोध स्वरुप बन्द गर्न तरुण दल र पीडित पक्षले आइतबार साँझ नै बजारमा माइकिङ गरेका थिए । घटनाका सबै दोषीलाई पक्राउ गरिनुपर्ने र उनीहरुलाई आजिवन कारावासको ग्यारेन्टी नभई शब नबुझ्‍ने  परिवारले जनाएका छन् । पोष्टमार्टमका लागि प्रहरीले शव घटनास्थल  सुलिचौरबाट जिल्ला अस्पताल रेउघा ल्याएको छ ।

मृत्युको खबरले सबै स्तब्ध बनेका छन् । खुलेआम दिउँसै गोली प्रहारको घटनाले सुलिचौर बजारवासी सन्त्रस्त छन् । मृत्यु भएका रोहितको रोल्पा नगपालिका–२ सिमलबाङ गाउँ शोकमा डुवेको छ । परिवार र आफन्त मर्माहत बनेका छन् । 

गोली हानेको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई प्रहरीले सोमबार नै पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिपक खड्का अनुसार घटना हुँदा सँगै रहेका चार युवालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका–२ का प्रकाश डाँगी ‘वादल’, निरज श्रेष्ठ, प्रकाश डाँगी र दिपक पुन छन् ।

घटना हुँदा सँगै रहेका केही युवा फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी गर्न प्रहरीको व्यापक परिचालन गरिएको छ । घटनाको कारण अभैm खुलेको छैन् । लेनदेनमा विवाद रहेको सँगै रहेका युवाले बताएका छन् । प्रहरीको प्रारम्भीक अनुसन्धानमा फेसबुकको स्टाट्सबाट चुलिएको विवादका कारण घटना भएको बुझिएको छ । ‘गहिरो अनुसन्धान जारी छ । फरार रहेका भनिएको खोजी कार्यमा प्रहरी खटिएको छ ।’, प्रनाउ खड्काले भने ।

तरुण दलले तत्कालीन माओवादी केन्द्र निकट मानिएका देवबहादुरको समूहले सत्ताधारी नेकपाको आदमा गोली चलाएको आरोप लगाएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व सिंचाई राज्यमन्त्री अमरसिंह पुनमगरले घटनाको निन्दा गरेका छन् । घटना अपराधीक रहेको उनले प्रतिक्रिया दिए । दोषी उपर कडा कारवाही हुनुपर्ने माग पनि उनले गरे । बन्दबारे नेपाली कांगे्रेसले केही प्रतिक्रिया दिएको छैन । 

उता नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा ‘धु्रव’ ले अपराधीक घटनालाई राजनीतिकरण गर्न नहुने बताएका छन् । अध्यक्ष धु्रवले भने, ‘दोषी उम्कनु हुन्न । अपराधीक घटनालाई राजनीतिक रंग दिँदा फाइदा कसैलाई हुन्न । दोषीलाई कानूनी कठघरमा ल्याउन र निश्पक्ष अनुसन्धानमा सघाउन सबैले पहल गर्नुपर्छ ।’ 

बन्दमा अप्रीय घटना हुन नदिन प्रशासनले सुरक्षा संवेदनशिलता अपनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.