बाढीले बगाउँदै गर्दा जीवितै उद्धार

बाढीले बगाउँदै गर्दा जीवितै उद्धार

उर्लाबारी : मोरङ र झापाको सीमाना भएर बग्ने मावा खोलामा आएको बाढीले बगाउँदै गर्दा एक जनाको आइतबार साँझ सकुसल उद्धार गरिएको छ। झापाको दमक नगरपालिका ४ का ५५ वर्षीय नुनुलाल पण्डितको सकुसल उद्धार गरिएको मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए। बाढीले बगाएर लगभग तीन सय मिटर तल पुर्‍याएपछि पण्डितलाई जीवितै उद्धार गर्न सकिएको उनले बताए।

‘उद्धार टोली केही ढिलो भएको भए के हुने थियो भनेर यसै भन्न सक्ने अवस्था थिएन,’ तिमल्सिनाले भने, ‘बाढीले बगाएको थाहा पाएर तत्काल टोली घटनास्थलमा पुग्न सकेका कारण जीवितै उद्धार गर्न सकियो।’  नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेर पण्डितलाई बचाएको हो।

सशस्त्र प्रहरीका निरीक्षक रामसिंह भण्डारी र नेपाल प्रहरीका नायव निरीक्षक प्रकाश पराजुलीको नेतृत्वमा उद्धारका लागि संयुक्त टोली घटनास्थलमा खटिएको थियो। प्रनि तिमल्सिनाका अनुसार खोलाको छेउमा गाई बाख्र चराउँदै गरेको अवस्थामा पण्डितलाई एक्कासी खोलामा आएको बाढीले बगाएको थियो। घटनास्थलमा गएपछि पौडिएर खोलामा पसेका प्रहरीले उनलाई बाहिर निकालेका हुन्।

पण्डितसँगै उनले चराउँदै गरेका दुईवटा गाई र तीनवटा बाख्रालाई पनि खोलाले बगाएको थियो। बगाउँदै अलि तल पुर्‍याएपछि गाई र बाख्रा भने खोलाको बीचमा रहेको पुलको पिलरमा अडिएर बस्न सकेका थिए। पण्डितलाई उद्धार गरिसकेपछि प्रहरीको संयुक्त टोलीले गाई र बाख्रालाई पनि जीवितै खोलाबाट बाहिर निकालेको थियो। डोरीले बाँधेर तान्दै गाई र बाख्रालाई बाहिर निकालिएको प्रनि तिमल्सिनाले जानकारी दिए।

‘म खोलाको किनारमा गाई र बाख्रा चराउँदै थिएँ। उत्तरतिरबाट बहाव बढ्दै गएको खोलामा एक्कासी बाढी उर्लिएर आयो,’ उद्धारपछि पण्डितले भने, ‘भाग्न खोज्दा खोज्दै बगाइहाल्यो। प्रहरी नआइपुगेको भए मर्ने रहेछु।’ 

उनले उद्धार गरेर आफूलाई बचाएकोमा खुसी व्यक्त गर्दै प्रहरी टोलीलाई धन्यवाद पनि दिए। उनले भने, ‘मलाई अर्कै जुनी पाएको महसुस भएको छ। बचाउन सहयोग गर्ने सबैलाई धन्यवाद छ।’ 

                                                                
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.