धरौटी बुझाउन नसक्दा मोटरसाइकल चोर कारागार चलान
बिर्तामोड : झापामा मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ। गत भदौ १५ गते रातको समयमा बिर्तामोड नगरपालीका- ५ का बिनोद भट्टराईको मोटरसाइकल चोरेको आरोपमा पक्राउ परेका बिर्तामोड ७ का विवेश चौधरी र २ का राजन भन्ने यसराज राजबंशीलाई कारागार चलान गरिएको हो।
उनीहरुलाई जिल्ला अदालत झापाले चोरी मुद्धामा जनही एक लाख त्रिसठ्ठी हजार धरौटी बुझाउन आदेश दिएको थियो। सो धरौटी बुझाउन नसक्दा दुबैजनालाई कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालाले बताए।
चौधरी र राजबंशीले डेरा गरी बस्ने भट्टराईको कोठा अगाडी आगनमा पार्किङ गरी राखेको मे ९ प ९०४६ नम्बरको मोटरसाइकल चोरेर कुदाउँदै गरेको समयमा प्रहरीले पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
१