बिर्तामोड सेमिफाइनलमा

बिर्तामोड सेमिफाइनलमा

बेलबारी : झापाको बिर्तामोड युनाइटेड दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको मैदानमा आइतबार भएको खेलमा आयोजक डाँगीहाट युवा क्लबलाई टाइब्रेकरमा ५–३ गोलले स्तब्ध बनाउँदै साबिक विजेता बिर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । संघर्षपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा बिर्तामोडको भाग्य चम्किँदा घरेलु मैदानमा आयोजक निराश बन्न पुग्यो ।

पृथ्वी चौधरी, रोशन थाम्स्वाङ, नानी लिम्बू, सञ्जय धिमाल र दिलेन लोक्तामले गोल गर्दा बिर्तामोडको जित पक्का भएको थियो । आयोजकका अरुण लिम्बू, उमेश कार्की र विक्रम लिम्बूको प्रहारले मात्रै जाली चुमेको थियो । सुरेन्द्र खवासको प्रहार बिर्तामोडका गोलरक्षकले असफल बनाइदिँदा आयोजक अभागी ठहरियो ।

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको आयोजकले नतिजा भने विपक्षीलाई सुम्पिन बाध्य भयो । आयोजक पहिलो डाँगीहाट गोल्डकपमा बिर्तामोडसँगै सेमिफाइनलमा भोगेको पराजयको बदला लिनबाट पनि चुक्यो । बिर्तामोडले पनि खेल अवधिभर गोलका लागि पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि टाइब्रेकरसम्म पर्खनु प¥यो ।

१४औं मिनेटमा तीर्थ बस्नेतको प्रहार दायाँ बार हुँदै बाहिरिँदा आयोजकले अग्रता लिने अवसर गुमायो । ५४औं मिनेटमा आयोजकका विक्रम लिम्बूको फ्रिकिक प्रहारले विपक्षी बार भत्काउन सकेन । ६५औं मिनेटमा तीर्थकै दोस्रो प्रयासमा पनि बिर्तामोडका गोलरक्षक बाधक बने । ७३औं मिनेटमा अरुण लिम्बूको प्रहार क्रसबारमाथिबाट बाहिरियो । त्यसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

४० औं मिनेटमा बिर्तामोडका रोजिन माझीको कर्नर पासमा रोशन थाम्स्वाङको हेड पोस्टमाथिबाट बाहिरिएको थियो । ६० औं मिनेटमा बिर्तामोडका विशाल दर्जीले गरेको हेड आयोजकका गोलरक्षक बाधक बने । ७२ औं मिनेटमा नानी लिम्बूको प्रहार क्रसबारमाथिबाट बाहिरिँदा बिर्तामोडले निर्धारित समयमा नतिजा निकाल्न सकेन ।

आइतबारको खेलको म्यान अफ दी म्याच बिर्तामोडका आशिष चापागाईं घोषित भए । सोमबार भारतको खर्साङ युनाइटेड क्लब र मोरङ फुटबल एकेडेमी मंगलबारेबीच खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.