हत्याको विरोधमा रोल्पा बन्द, पुनलाई सहिद घोषणा गर्न माग

हत्याको विरोधमा रोल्पा बन्द, पुनलाई सहिद घोषणा गर्न माग

रोल्पा  (लिबाङ) : रोल्पा नगरपालिकाका तरुण दलका नगर सभापति रोहित पुनको हत्याको विरोधमा सोमबार दिनभर बजार, यातायात र शिक्षण संस्था बन्द बन्द भएका छन्।  आइतबार साँझ पुनको सुलिचौर बजारमा गोली हानी हत्या भएको थियो।

घटनामा संलग्न र योजनाकारलाई पक्राउ गरी कारवाही गर्नुपर्ने, मारिएका पुनलाई सहिद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सदरमुकाम लिबाङ बजारमा विरोध प्रदर्शन गरेका हुन्। तरुण दलको आयोजनामा भएको प्रदर्शनमा नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो।

पीडित परिवारले दिनभर शव बुझ्न मानेन्। शवको पोस्टमार्टम हुन सकेको छैन। शव जिल्ला अस्पतालमा राखिएको छ। परिवारले प्रहरीमा जाहेरीसमेत दिएका छैनन्। 

विरोध सभालाई नेपाली कांगे्रसका जिल्ला सभापति एवं पूर्वसिंचाई राज्यमन्त्री अमरसिंह पुनसहितका नेताले सम्बोधन गर्दै घटनाको निन्दा गरे। ‘अपराधिक घटना भोलि जुनसुकै पार्टीका नेता कार्यकर्तामाथि हुन सक्छ। त्यसैले दोषी छाडिनु हुन्न’, सभापति पुनले भने।

विरोध जारी रहेकै बेला प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले सर्वदलीय बैठक गरेका छन्। सर्वदलीय बैठकमा प्रशासनले दोषीलाई कारवाही गर्ने, सहिद घोषणा र क्षतिपूर्तिबारे गृहमन्त्रालयमा पठाउने सहमति भएको छ।

दोषी उम्कन नपाउने प्रमुख जिल्ला अधिकारी एमसीले प्रतिवद्धता समेत जनाएको छन्। सर्वदलीय बैठकमा विरोध कार्यक्रम नगर्ने र दोषीलाई कारवाही गर्न सघाउने सहमति भएको छ। नेपाली कांगे्रसले पीडित परिवारले मंगलबार शव बुझ्ने गरी वातावरण मिलाइरहेको कांग्रेसका सभापति पुनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.