प्रधानन्यायाधीश मिश्रले लिए शपथ

प्रधानन्यायाधीश मिश्रले लिए शपथ

काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नवनियुक्त प्रधानन्यायाधीशमा मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। 

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा  उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थितिमा राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन्।

संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम सोमबार संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

कामु प्रधानन्यायाधीश मिश्रलाई भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। प्रधानन्यायाधीश मिश्रले केहीबेरमा पदबहाली गर्दैछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.