अन्तर्राष्ट्रिय एकदिवसीय मान्यताको प्रणाली परिवर्तन गर्दै आईसीसी

अन्तर्राष्ट्रिय एकदिवसीय मान्यताको प्रणाली परिवर्तन गर्दै आईसीसी

दिल्ली : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता प्राप्त भएका र नभएका टोली सम्मिलित प्रतियोगिताका सबै खेललाई ‘ओडीआई स्टाटस’ दिइने निर्णय गरेको छ । आईसीसीले ओडीआई मान्यता प्रणालीमा परिवर्तन गर्दै नयाँ निर्णय गरेको हो ।

यसअघि आईसीसीले ओडीआई मान्यता प्राप्त टोलीबीचको खेललाई मात्रै ओडीआई स्टाटस दिँदै आइरहेको थियो । पछिल्लोपटक टेस्ट टोलीको मान्यतासमेत पाइसकेका पूर्ण सदस्य राष्ट्रहरू जिम्बाब्वे र वेस्ट इन्डिजसमेत सहभागी भएको विश्वकप छनोट प्रतियोगिताका सबै खेललाई एकदिवसीय खेलको मान्यता नदिएको भन्दै आलोचना भएपछि आईसीसीले ओडीआई मान्यता प्राणालीमा परिणत गरेको हो ।

यो निर्णय तत्कालका लागि अर्काे साताबाट संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप र आगामी दिनमा हुने विश्वकप छनोट प्रतियोगिताका खेलहरूमा लागू हुने जनाइएको छ । यससँगै एसिया कपमा एक दिवसीय मान्यता नभएको हङकङले खेल्ने खेलले समेत ओडीआई स्टाटस प्राप्त गर्ने भएको छ । हङकङले गत साता मलेसियामा सम्पन्न छनोट प्रतियोगितामार्फत एसिया कपमा आफ्नो छनोट पक्का गरेको थियो । यो नियम परिवर्तन नभएको भए एसिया कपमा हङकङ सहभागी भएको कुनै पनि खेलले ओडीआई स्टाटस प्राप्त गर्ने थिएन ।

आईसीसीका प्रमुख कार्यकारी (सीईओ) डेभिड रिचर्डसनले पुरानो नियमले सबैमा दुविधा र भ्रम उत्पन्न गराएको र क्रिकेटलाई सबैलाई सहज तरिकाले बुझाउने उद्देश्यले नियम परिवर्तन गरिएको जनाएका छन् । ‘हामीले गत मार्चमा जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समीक्षापछि यो निर्णय गरेका हौं’, सीईओ रिचर्डसनले भने, ‘त्यस बेला सबै खेलले ओडीआई स्टाटस पाएका थिएनन् । त्यसले कतिपय समर्थकहरू भ्रममा परेको पाइयो । त्यसैले क्रिकेट खेल सबैलाई सरल तरिकाले बुझाउने उद्देश्यले निर्णय परिवर्तन गरेका छौं ।’ सीईओ रिचर्डसनले ओडीआई प्रणालीको समीक्षा भने आगामी केही महिनाभित्र पूरा भइसक्ने जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.