पहिरो छिचोल्न खोज्दा त्रिशूलीको डिलमा पुगे चार यात्रु

पहिरो छिचोल्न खोज्दा त्रिशूलीको डिलमा पुगे चार यात्रु

चितवन : नारायणगढ मुग्लिन सडक खण्डमा खसेको पहिरो छिचोल्न खोज्दा चारजना घाइते भएका छन । चार किलोमा खसेको पहिरो माथि हिँडेर जान खोज्दा खसेर सात वर्षीय बालिकासहित चार महिला घाइते भएका हुन ।  

माथिबाट ढुङ्गा खसेपछि उनीहरु अत्तालिएर सडकबाट तल खसेका हुन् । सडकबाट खस्दा चितवन रत्ननगर नगरपालिका–१२ कि ४८ वर्षीया प्रमिला कोइराला र त्यही नगरपालिका–२ की सुशीला भट्टराई घाइते भएका छन् । 

उनीहरुको भरतपुर अस्पतालमाा उपचार भइरहेको छ । त्यस्तै घाइते भएका नेपालगञ्ज उपमहानगरपालिका–५ की २६ वर्षीया निशा शाह र उनकी सात वर्षीया छोरी सिम्रन शाह उपचारपछि फर्किएका छन ।

पहिरो खसेको ठाँउमा जान रोक लगाए पनि जवरजस्ती गर्दा घटना भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले बताए । पहिरो छिचोल्न खोजेका उनीहरु खसेर नदीको डिलमा अड्किएका थिए । उनीहरुलाई सुरक्षाकर्मीले डोरीको साहायताले उनीहरुको उद्धार गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.