पौडेलको हत्या अभियोगमा अर्का व्यापारी सद्धाम हुसेन पक्राउ
बिर्तामोड : झापाको गौरीगन्ज गाउँपालिका–६ स्थित देवीगन्जमा मंगलबार बिहान मृत फेला परेका व्यापारी खेमराज पौडेलको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पौडेलको हत्या अभियोगमा गौरीगञ्ज गाउँपालिका ६ का २८ वर्षीय सद्धाम हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कमल गाउँपालिका–४ घर भइ हाल दमकमा कपडा पसल गरी बस्दै आइरहेका ३८ वर्षीय पौडेलको शव मंगलवार बिहान ८ बजे गौरीगन्ज गाउँपालिका–६ स्थित देवीगञ्जमा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा पौडेल र हुसेनबीच लेनदेनको विषयलाई लिएर हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
शव पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
१