प्रदेश सांसदलाई केन्द्रै प्यारो

प्रदेश सांसदलाई केन्द्रै प्यारो

सुर्खेत : संघीयता शासन प्रणालीको विकेन्द्रीकरण हो । तर, प्रदेश तहमा कानुन बनाइदिनुपर्ने सांसदहरू संघीय राजधानीतिरै रत्तिइरहेका छन् । सांसद नै नभएपछि संसद् रोकिएको रोकियै छ । यसले प्रदेश संसद् भए÷नभएको अर्थ हराउँदै गएको छ ।

कर्णाली प्रदेश संसद्को साउन २५ मा स्थगित बैठक अनिश्चित बनेको छ । करिब एक महिना बित्न लाग्दासमेत बैठक सुरु नहुँदा कानुन निर्माण रोकिएको हो । संसदीय समितिहरु पनि निष्कृय हुँदा महत्वपूर्ण विधेयकहरु अलपत्र परेका छन् ।

बैठक हुन नसक्नुको कारण हो– सांसदै नभएर । ४० सदस्यमध्ये अधिकांश राजधानी काठमाडौं र अन्यत्र गएका छन् । प्रदेश राजधानीमा मुश्किलले १२ जना पनि नभएको संसद् स्रोतले जनाएको छ ।

तत्कालिन एमाले र माओवादीको एकतापछि कर्णालीमा प्रदेश र जिल्ला तहमा नेकपाको नेतृत्व चयन हुन सकेको छैन । यसको असर प्रदेश संसदमा देखिएको हो । पार्टीको नेतृत्व हात पार्न वा आफू अनुकूल बनाउन लबिइङ गर्दै नेकपाका अधिकांश सांसद काठमाडौं पुगेका छन् । प्रदेश सभामुख राजबहादुर शाहीदेखि नेकपाका अधिकांश सांसद र नेताहरु उतै छन् । कांगेसका सांसदहरु कोही राजधानी त कोही जिल्ला दौडाहमा छन् ।

कर्णालीमा पार्टी नेतृत्वका लागि नेकपामा सहमति जुट्न सकेको छैन । यसकारण पनि पार्टीको नेतृत्व चयन नहुँदासम्म नेकपाका सांसदहरु काठमाण्डौमै रहने देखिन्छ । संसदमा दुई तिहाइभन्दा बढी उपस्थिति रहेको नेकपाका अधिकांश सांसद प्रदेश राजधानीमा नभएकाले पनि तत्काल संसद बैठक बस्ने सम्भावना नरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । संसद बैठक सुरु गर्नुको साटो सत्तारुढ सांसदहरु काठमाण्डौंमा भुलेपछि आफूहरु पनि फुर्सदको समय सदुपयोग गर्न जिल्ला र निर्वाचन क्षेत्रमा भेटघाटमा जुटेको कांग्रेसका सांसदले बताएका छन् ।संसद बैठक अनिश्चित हुँदा प्रदेश सरकारले तयार पारेका विधेयकहरु संसदमा टेबुल हुन सकेका छैनन् ।

        प्रदेश सरकारले आधा दर्जन विधेयक संसदमा दर्ताका लागि तयार पारेको छ । यस्तै पाँच विधेयक संसदीय समितिमा अड्किएका छन् । प्रदेश संसदका सचिव दिनेश भट््टले काठमाडौंबाटै टेलिफोनमा भने, ‘दुई विधेयक संचिवालयमा दर्ता भइसकेका छन्, समितिमा छलफलका लागि पाँच वटा पठाइएको छ । संसद बैठक कहिले सुरु हुने भन्ने अझैं टुंगो लागेको छैन ।’ संसदको गति सुस्ताएपछि यस अन्तर्गतका समितिहरु पनि निष्कृय बनेका छन् । गठन भएको लामो समयसम्मसमितिमा नेतृत्व चयन हुन सकेको छैन ।

‘पार्टीको नेतृत्व टुंगिएको छैन, अझैं केही समय लाग्ने देखिन्छ’, नेकपाका सांसद दानसिं परियारले भने, ‘हामी काठमाडौंमा छौं, अब केही दिनभित्र संसद बैठक सुरु हुने संकेत पाएका छौं । पार्टीका नेताहरु पनि यतै हुनुहुन्छ, दुई–चार दिनमा फिर्ता हुनेछौं ।’

प्रदेश संसदले हालसम्म विभिन्न १३ विधेयक पारित गरेको छ । दोस्रो अधिवेशनअन्तर्गत ३७ औं बैठक बसेर साउन २५ गते अनिश्चितकालका लागि स्थगन गरिएको थियो । सभामुख शाहीले भने, ‘बैठक बस्ने मिति टुंगो लागेको छैन, म काठमाडौंमै छु । अब चाँडै बैठक बस्छ, म पनि दुईचार दिनमै सुर्खेत फर्किन्छु ।’

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बहुमतका नाममा संसदलाई निष्कृय बनाइएको आरोप लगाए । उनले भने, ‘हामीले सुरुमा नै मिति तोकेर मात्र बैठक स्थगन गरौं भनेका थियौं । नेकपाका साथीहरुले मान्नुभएन । कानुन निर्माण गर्नुपर्ने बेलामा संसदलाई गतिहीन बनाइएको छ, यसले राम्रो सन्देश पटक्कै दिएन ।’ त्यसो त उनी पनि काठमाडौंमै छन् । यसको प्रस्टीकरण दिंदै भने, ‘लामो समयसम्म सुर्खेतमा रहँदा पनि बैठक बस्ने संकेत देखिएन । अनि म पनि काठमाडौं आएँ ।’

उनले नेकपाका नेताहरूमाथि दोष थोपरे । ‘समितिमा नेतृत्व चयन हुन सकेका छैनन् । यसले पनि काम रोकिएको छ’ शाहीले भने, ‘नेकपाले आजसम्म दलको नेता नै छान्न सकेको छैन । सत्तारुढ दलले यसमा बढी जिम्मेवारी बहन गर्नुप¥यो । उहाँहरुको व्यवहारले प्रदेश संसदले अपेक्षाअनुसार काम नै गर्न पाएन । यसले संघीयताको मर्ममाथि नै प्रहार गरेको छ ।’ ४० सदस्यीय प्रदेश संसदमा सभामुख र उपसभामुखसहित नेकपाका ३३ जना छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.