मुग्लिन-नारायणगढ सडक : मर्मतपछि झनै सास्ती

मुग्लिन-नारायणगढ सडक : मर्मतपछि झनै सास्ती

भरतपुर : तीज मनाउन माइत हिँडेकी रत्ननगर जयमंगलाकी शर्मिला कोइराला तीन वर्षको नाती र छोरी सम्झँदै रुँदै थिइन्। पहिरो छिचोल्नसँगै रहेका छोरी र तीन वर्षको नाती बारे सोध्दै चिन्तित थिइन्। चार वर्षपछि माइतमा तीज मनाउने उनको रहर यसपटक पनि पुरा हुन पाएन। गोरखाको घ्यालचोकमा रहेको माइत जाने क्रममा पहिरोले बगाएर भरतपुर अस्पतालको शड्ढयामा रहेकी ४९ वर्षकी कोइराला आफन्तसँग सन्तानको अवस्थाबारे सोधीखोजी गर्दै रोएकी थिइन। नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा खसेको पहिरोले उनलाई बगाएको थियो।

ठूलो पहिरो भएको कारण बाटो खुल्न समय लाग्ने भएपछि हिँडेर कट्न लाग्दा उनलाई पहिरोले बगाएको थियो। छोरी अञ्जु न्यौपानेलाई हिँड्नका लागि नडराउन भन्दै नाती अनमोललाई काखमा च्यापेर पहिरो छिचोल्न लागिन। माथि पहिरो हेर्दै कट्न लाग्दा ठूलो ढुंगासँगै पहिरोमा उनी बगिन। ढुंगाको छेउले लागेको हुनाले आफू बचेको एनले बताइन्। सँगै गएका साथीहरू पहिरो कटे पनि उनी कट्न सकिनन्। ‘माथिबाट ढुंगा खसेको देखेपछि छोरीलाई धकेलेर काखमा भएको नातीलाई फालिदिए’ शर्मिलाले भनिन् ‘छोरी र नाती ठिक भएपछि मैले जुनि फेरेको अनुभव गरे।’ जयमंगलाबाट बिहान चार बजे गाडी चढेका उनीहरू जाममा परेका थिए। बाटो नखुल्ने संकेत देखेपछि बाटो कटेर मुग्लिन पुग्न सके सजिलै माइत जाने भन्दै पहिरोमा हिँडेका थिए। उनको खुट्टा, नाक र टाउकोमा सामान्य चोट लागेको छ।

तीज मनाउन माइत जान लागेकी ३२ वर्षकी सुशीला भट्टराई पनि पहिरोमा परिन्। चार वर्षपछि उनी माइत जान लागेकी हुन्। काठमाडौंमा रहेका भाई बुहारीसँग तीज मनाउन गएकी उनले यसपटक पनि मनाउन पाइनन्। बिहान माइक्रो चढेर चार किलोमा पुगेकी उनी पहिरो कटेर जान लाग्दा पहिरोले बगाएको हो। माथिबाट बग्दै आएको पहिरोले खोलाको किनारमा पुर्‍याएको उनले बताइन्। ‘हातले टेक्दै जाँदा माथिबाट आएको पहिरोले सोरेर लग्यो’ उनले रुदै भनिन्, ‘म मरे भन्ने लागेर घरमा भएका छोरा छोरी सम्झिए।’ गोरखाको ताप्ले घर भएकी उनले माधवपुरमा भाँडामा बसेर गाईपालन गरेकी छन्। भरतपुर अस्पतालमा उपचाररत उनको कम्मरको हड्डी भाँच्चिएको छ। ढाँडमा रगत जमेको छ।

पहिरो छिचोल्ने क्रममा चारजना घाइते भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका ५ की २६ वर्षीय निशा शाह र उनकी सात वर्षीय छोरी सिम्रन शाह घाइते भएका थिए। उनीहरू सामान्य उपचारपछि फर्किएका छन्। पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड मंगलवार दिनभर अवरुद्ध भयो। सोमबार राति एक बजे पहिरोका अवरुद्ध सडक १७ घण्टापछि उकतर्फी सञ्चालन भएको थियो। साँझ ६ बजे मात्रै एकतर्फी सञ्चालन भएको हो। ‘पहिरोसँगै ठूलो ढुंगा र रुख ढलेको हुनाले हटाउन समय लाग्यो’, चितवन प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालले भने, ‘यात्रु अलपत्र परेपछि एकतर्फी गरेर बाटो खुलाएका हौं।’ बिहानैदेखि पहिरो हटाउन सुरु गरिएको भएपनि साँझ मात्रै एकतर्फी सञ्चालनमा आएको हो।

उक्त सडकखण्डको घुमाउने, रिग्दी खोला, जलविरे, गाईघाटमा पनि पहिरो खसेको थियो। त्यहाँ छिटो सफा गरिएको भएपनि चार किलोको पहिरो हटाउन समय लागेको हो। चार किलो नारायणगढ–मुग्लिन सडक खण्डको पहिरोका सबैभन्दा ठूलो जोखिमयुक्त क्षेत्र मानिन्छ। त्यस स्थानमा यसअघि पनि पटक पटक पहिरो खस्दै आएको छ। ‘ठाडो भिर र चलाएमान अवस्थाले पहिरो खस्ने गरेको हो’ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले भने, ‘कृतिम उपाय लगाउन नमिल्ने हुँनाले आफै झरेर स्लोप भएपछि ठिक हुन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.