परिवारले बुझे शव

परिवारले बुझे शव

लिबाङ : गोली हानी हत्या गरिएका रोल्पा नगरपालिकाका तरुण दल नगर सभापति रोहित पुनको शव परिवारले वुझेका छन् । हत्यामा संलग्न फरार युवालाई पक्राउ गर्न र पक्राउ परेकालाई आजिवन कैदको माग गर्दै पीडित परिवारले यसअघि शव वुझ्न अस्विकार गरेका थिए । दोषीलाई कानून वमोजिम पक्राउ र कारवाही गर्ने सहमतिपश्चात मंगलबार परिवारले शव वुझेका हुन् ।

तरुण दलले हत्याको विरोधमा सोमबार बजार वन्द गरेको थियो । तरुण दल र कांग्रेसले विरोध प्रदर्शन गर्दै दोषीलाई कारवाही गर्नुपर्ने, पुनलाई सहिद घोषणा गर्नुुपर्ने र परिवारलाई क्षतिपुर्ति दिनु पर्ने माग गरेका थिए । विरोधका क्रममा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले सर्वदलिय वैठक बोलाई छलफल गरेका थिए । छलफलमा दोषीमाथी कारवाही हुने, सहिद घोषणा र क्षतिपूर्ति मागबारे गृह मन्त्रालयमा लेखी पठाउने सहमती भएपछि परिवारले शव वुझ्ने वातावरण वनेको हो ।

परिवारले शव वुझ्न अस्विकार गरेपछि पोष्टमार्टम् पनि हुन सकेको थिएन् । शव वुझेपछि मंगलबार विहान पोष्टमार्टम गरिएको जिल्ला अस्पताल रउघाका मेडिकल अफिसर डा. अनिल केसीले जानकारी दिए । छाती मुनि देव्रे भागमा गोली लागेर मृत्यु भएका पुनको शरिरमा निलडाम समेत भेटिएको उनको भनाइ छ । अण्डकोष सुन्निएको, कुटपिटपछि समातेर गोली हानेर हत्या गरेको हुनसक्ने मृतक पुनका जेठान रक्ष वलीले जनाए ।

कांग्रेसका जिल्ला उपसभापति किशोर आचार्यका अनुसार शवलाई पार्टी कार्यालय प्राङ्गनमा राखेर   श्रद्धाञ्जली दिइएको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । घटना स्थलबाट पेस्तोल र दुई थान गोलीसहित रोल्पा नगरपालिका–१० धबाङका देवबहादुर घर्ती पक्राउ परेका थिए ।

घटना हुँदा साथमा रहेका चारयुवालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा नगरपालिका–२ प्रकाश डाँगी, निरज       श्रेष्ठ, प्रकाश डाँगी र रोल्पा नगरपालिका–१० धबाङका दिपक पुन छन् । पक्राउ परेका पाँचैजनालाई अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक दिपक खड्काले जानकारी दिए । घटनामा संलग्न फरार तीन युवाको खोजी भइरहेको प्रहरीको भनाइ छ । हत्या गरिएका पुनका ९ वर्षीय छोरा, पत्नी, आमा र दाईभाउजु छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.