रूसले सुरू गर्‍यो विशाल सैन्य अभ्यास

रूसले सुरू गर्‍यो विशाल सैन्य अभ्यास

चिता : रूसको नेतृत्वमा मंगलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरिएको छ।लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सैनिक, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी छन्। अभ्यासमा ३ हजार ५ सय चिनियाँ सैनिकले समेत भाग लिएका छन्। रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले उक्त सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्ने भएका छन्। 

रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्तोकमा आयोजना गरेको भोस्तोक-२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपति लगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नेछन्। रूसी रक्षामन्त्रीले विशाल सैन्य अभ्यास शुरु हुनुपूर्व नै तयारी अवस्थामा राखिएका सैनिक गाडी, जहाज, हेलिकोप्टर र पानी जहाजको भिडियो दृश्य सार्वजनिक गरेका थिए।

यसैबीच रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अवसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गरे। ‘हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ’, रूसी राष्ट्रपतिले भने। उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताए। सैन्य अभ्यास रूसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने विषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाव बढेको बेला आयोजना गरिएको छ। पश्चिमा राष्ट्रहरूले युक्रेन र सिरिया रूसी हस्तक्षेपको पनि आलोचना गरिरहेका छन्। रूसी सेनाले सैन्य अभ्यासलाई सन् १९८१ मा सोभियत संघले गरेको करिब १ लाख ५० हजार सैनिक सहभागी जापड-८१ (वेस्ट-८१) को विशाल युद्धअभ्याससँग तुलना गरिएको छ। रक्षामन्त्री सेर्गेइ सोइगुले अहिलेको सैन्य अभ्यास त्योभन्दा अझ विशाल भएको खुलासा गरेका छन्।

रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले नेटोद्वारा देखाएको चासोप्रति खण्डन गर्दै यो नियमित सैन्य क्षमता विकासका लागि गरिएको वार्षिक अभ्यास भएको मंगलबार बताएका छन्। ‘यी महत्वपूर्ण अभ्यास पक्कै हुन् तर यी सेना क्षमता विकासका लागि गरिने वार्षिक कार्यक्रम मात्रै हुन्’, पेस्कोभले भने। पेस्कोभले यस पहिले रूसले अन्तर्राष्ट्रिय अवस्थालाई मद्देनजर राख्दै गर्न लागेको विशाल सैन्य अभ्यास जायज भएको दाबी गरेका थिए।

रूस र चीनले डलरको प्रयोग घटाउने

रूस र चीनले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी राष्ट्रपतिको यो भनाइ आएको हो। रूसी तथा चिनियाँ पक्षले आफूहरूले व्यापारमा राष्ट्रिय मुद्रालाई नै प्रयोग गर्न लागेको पुटिनले पुष्टि गरेका छन्।

यो निर्णयले बैंकिङ सेवाको स्थायित्व बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने उनले स्पष्ट पारे। रूसविरुद्ध क्रिमिया गाभ्ने र युक्रेन विद्रोहीलाई सघाउने काम गरेको भन्दै पश्चिमा शक्तिले पहिलेभन्दा कडा प्रतिबन्ध लगाएका छन्। पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रूसी मुद्रा रुबल कमजोर भएको छ। त्यसैगरी अमेरिका र चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा पनि गिरावट आएको छ। यस्तो अवस्थामा उनीहरूले राष्ट्रिय मुद्रालाई व्यापारमा प्रयोग गर्न सहमत भएका हुन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.