इजरायली प्रधानमन्त्री नेतन्याहूले भने- 'म ट्रम्पले चाहेका सबै काम गर्दिनँ'

इजरायली प्रधानमन्त्री नेतन्याहूले भने- 'म ट्रम्पले चाहेका सबै काम गर्दिनँ'
सुन्नुहोस्

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इच्छा अनुसार मात्रै आफूले काम नगर्ने स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सले हालै इजरायलमाथि सार्वजनिक रूपमा गरेको तीखो टिप्पणीपछि नेतन्याहूले यस्तो जवाफ दिएका हुन् । 

जेरुसेलममा आयोजित 'इन्टरनेशनल पोलिसी समिट'लाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले आफूहरू स्वतन्त्र र गौरवशाली देशको नेता भएकाले सधैँ विचार मिल्नु आवश्यक नरहेको बताए।

नेतन्याहूले भने, 'अमेरिकामा मानिसहरू भन्छन् कि राष्ट्रपति ट्रम्प म जे भन्छु त्यही गर्छन्। उता इजरायलमा मानिसहरू सोच्छन् कि म ट्रम्पले जे चाहन्छन् त्यही गर्छु। तर यी दुवै कुरा सत्य होइनन्।' उनले कहिलेकाहीँ विचार फरक भए पनि आफू इजरायलको हित र सुरक्षाका लागि दृढतापूर्वक उभिने स्पष्ट पारे। साथै, उनीहरू एकअर्काको सम्प्रभुता र नेतृत्वको सम्मान गर्ने पनि उनले बताए।

प्रधानमन्त्री नेतन्याहूले इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिने आफ्नो पुरानो अडान पुनः दोहोर्‍याएका छन्। यसका साथै, इजरायलको उत्तरी क्षेत्रका नागरिकहरूको पूर्ण सुरक्षा नभएसम्म दक्षिणी लेबनानमा इजरायली सेना तैनाथ रहने उनले घोषणा गरे।

हालै अमेरिका र इरानबीच भएको सम्झौताप्रति इजरायली क्याबिनेटका केही सदस्यहरूले असन्तुष्टि जनाएका थिए, जसका कारण अमेरिका र इजरायलबीच केही मतभेद देखिएको छ।

यसअघि जी-७ समिटका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलले गरेको सैन्य आक्रमणको कडा आलोचना गरेका थिए। ट्रम्पले भनेका थिए, 'कुनै एक शत्रुको खोजीमा पूरा क्षेत्रलाई ध्वस्त पार्नु बुद्धिमानी होइन। त्यहाँ सर्वसाधारण पनि बस्छन् र ती सबै हिजबुल्लाह होइनन्।'ट्रम्पले 'अमेरिकाबिना इजरायलको अस्तित्व सम्भव नरहेको' भन्दै नेतन्याहूलाई थप जिम्मेवार हुन सल्लाह दिएका थिए।

त्यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि इजरायललाई चेतावनी दिँदै भनेका थिए, 'विश्वमा डोनाल्ड ट्रम्प मात्र इजरायलको पक्षमा उभिने बलियो नेता हुन्। इजरायलले प्रयोग गर्ने दुई-तिहाइ रक्षा उपकरण अमेरिकी करदाताको पैसाबाट बनेका हुन्, त्यसैले इजरायली नेताहरूले आफ्नै मित्रमाथि मौखिक हमला गर्न बन्द गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.