९/११ आक्रमणमा मारिएकाको स्मरण

९/११  आक्रमणमा मारिएकाको स्मरण

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतंकवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागी भएका छन् ।

सेप्टेम्बर ११, २००१ का दिन आतंककारीले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेका थिए । तीमध्ये दुईवटा विमानले न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरिएको थियो भने एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना थियो । तेस्रो विमानमा भने यात्रुको प्रतिरोधका कारण विमान पेन्टागन नपुग्दै स्याक्सनभिल्लेमा झरेको थियो । त्यस विमानमा सवार ४० जनाभन्दा बढी यात्रु र चालकदलका सदस्य सबैको मृत्यु भएको थियो ।

यद्यपी वल्र्ड ट्रेड सेन्टरमा भएको विमान आक्रमणबाट सबैभन्दा ठूलो क्षति भएको थियो । आतंकवादी संगठन अल–कायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा भएको उक्त आक्रमणबाट ३ हजारभन्दा बढी मानिस मारिएका थिए । करिब एक दशकपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाको कारबाहीमा मे २०११ मा बिन लादेन मारिएका थिए ।

‘राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रममा त्यस विनाशकारी घटनाबाट ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गरिएको छ । उक्त आक्रमण हुँदा जीवन जोखिममा राखेर उद्धार कार्यमा खटिने व्यक्तिहरूलाई सम्मान गरियो’, ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले भनिन् । राष्ट्रपति चुनिएपछि गत वर्ष ट्रम्प पहिलोपटक वार्षिक समारोहमा सहभागी हुन भएको थियो । उपराष्ट्रपति माइक पेन्स पनि मंगलबारको समारोहमा सहभागी हुने कार्यक्रम छ ।

सन् २००१ को आक्रमणका समयमा राष्ट्रपति ट्रम्प वल्र्ड ट्रेड सेन्टरबाट करिब ६.५ किलोमिटर टाढाको आफ्नै ट्रम्प टावरमा थिए । उनीसँग सेप्टेम्बर ११ को घटनाप्रति मि िश्रत धारणा रहेको छ । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी जनतालाई सुरक्षित राख्न नसकेको भन्दै आलोचना गर्ने गरेका छन् । ट्रम्पले टावर भत्किदाँ हजारौं मुस्लिमले न्युजर्सीको जर्सी सिटीमा खुशीयाली मनाएको बताउनुभएको छ । मुस्लिम समुदायले त्यस्तो खुशीयाली मनाएको कुनै पनि टेलिभिजनले देखाउन सकेका छैनन् । ट्रम्पले न्यूयोर्क आक्रमणमा सयौं मित्र गुमाएको बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले मारिएका कुनै निश्चित व्यक्तिको नाम लिएका छैनन् । –एपी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.