सुवेदीलाई स्मृति प्रज्ञा पुरस्कार

सुवेदीलाई स्मृति प्रज्ञा पुरस्कार

बोस्टन : युवक कवि मोतीराम भट्टको १५३औं जन्मजयन्ती तथा राजमित्र स्मृति दिवसको अवसर पारेर अमेरिकाको बोस्टनमा युवा कवि लालगोपाल सुवेदीलाई नगद र सम्मानपत्र सहित ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ। 

तीन दशकदेखि स्तरीय रचना गर्दै कविता, बालसाहित्य, गीत, निबन्ध र समालोचनाका दर्जनभन्दा बढी कृति प्रकाशन गरेबापत सुवेदीलाई उक्त पुरस्कारद्वारा सम्मान गरिएको हो। 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टर तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा यसै साता कार्यक्रम आयोजना गरिएको थियो।

यसैगरी, समाजका महासचिव र अध्यक्ष भई नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिका लागि अहोरात्र खटी योगदान पुर्‍याएबापत पदम विश्वकर्मालाई सम्मान पत्रद्वारा ‘विशेष सम्मान’ प्रदान गरिएको छ। 

प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले मोतीराम भट्ट भानुभक्त पछिका दोस्रा युगपुरूष भएको र उनले अर्को युग हाँकेको तथ्य औंल्याउँदै पुरस्कृत व्यक्तित्व सुवेदीले अभावका बीच साहित्यमा समर्पित हुँदै उत्कृष्टता हासिल गर्न सक्षम भएको बताए।

समाजका महासचिव गोबर्धन पूजाले बोस्टनको राजमित्र प्रांगणमा मोती जयन्ती मनाइरहँदा आफू र पुरस्कृत व्यक्तित्व सुवेदीले नेपाल सरकारले दिएका राष्ट्रिय स्तरका युवा वर्ष मोति पुरस्कार, नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा पदक र राजमित्र स्मृति प्राज्ञ पुरस्कार प्रदानले गौरव बोध गराएको स्मरण गरे। 

समाजका अध्यक्ष विश्वकर्माले अनेसास र नेपाली भाषासाहित्यलाई विश्वव्यापी बनाउने महायज्ञमा सबैलाई एकजुट हुन आग्रह गरे। सो अवसरमा मोतीरामकै पदचाप पछ्याउँदै महेश्वर पन्तले दुईवटा गजल वाचन गरे भने रामचन्द्र पौडेल रम्घालीले समस्यापूर्ति कविता सुनाए। 

दीपा राई पुन, अच्युत अधिकारी, हरिमाया अधिकारी, अग्नि पराजुली, सिम्रन पौडेल, मनोज आचार्य, अनु शाह, गण्डकी पुत्र, यम पौडेल लगायतले सिर्जना वाचन गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.