दार्चुलाबाट छुटेको बस डोटीमा दुर्घटना

दार्चुलाबाट छुटेको बस डोटीमा दुर्घटना

दार्चुला :  दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

बस सडकबाट ६० मिटर तल खसेको बताइएको छ। घाइते सबैको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.