मोबाइल बजारमा हुवावे उत्कृष्ट बन्न चाहन्छ

मोबाइल बजारमा हुवावे उत्कृष्ट बन्न चाहन्छ

नेपालमा हुवावेले सेवा सुरु गरेको २० वर्ष पुरा भयो। सुरुका चरणमा हुवावेले इन्टरप्राइज बिजनेसअन्तर्गत नेपालमा टेलिकम नेटवर्कलगायत विभिन्न सेवा विस्तार गर्ने काम गरेको थियो। टुजीबाट थ्रीजी हुँदै फोरजीसम्मको नेटवर्क विस्तारमा काम गरेको कम्पनी नेपालमा कन्जुमर बिजनेसको सम्भावना देखेरै पाँच वर्षअघि यही क्षेत्रमा हात हाल्यो।

कन्जुमर बिजेनसमा मोबाइल फोन, ग्याजेटलगायत विद्युतीय सामग्री लिएर भित्रिएको कम्पनी छोटो अवधिमा प्रमुख ब्रान्डको रूपमा स्थापित भएको छ। विश्वमा क्यारियर बिजनेसबाट यात्रा सुरु गरेको कम्पनी आज सबै क्षेत्रमा सफलता हात पारेको छ। आज विश्वको कुल जनसंख्याको एक तिहाईले हुवावेको सेवा लिइरहेका छन्। अर्थात् विश्वको ३० प्रतिशत मानिसको पहुँचमा हुवावेको नेटवर्क, क्यारियर, कन्जुमर र क्लाउड बिजनेस पुगेको छ। नयाँ विजनेसको रुपमा क्लाउड विजनेस सुरु गरेको छोटो समयमा हुवावे त्यसमा पनि सफलता हातपार्न सफल भएको छ।

विश्व बजारमा हुवावे अहिले तेस्रो स्थानमा छ। सामसङ र आइफोनपछि स्मार्टफोनको बजार हुवावेको कब्जामा छ। बीचमा यो कम्पनीले एप्पललाई पनि जितेको थियो। कम्पनीले कतिपय देशमा आफूलाई उत्कृष्ट ब्राण्डको रूपमा पनि स्थापित गरेको छ। चाइनामा भने अहिले हुवावे बजार हिस्साका हिसाबले ठूलो कम्पनीको रूपमा छ। नेपालको कुरा गर्ने हो भने पक्‍कै पनि हामी अहिले दोस्रो स्थानमा छौं।

पोजिसनमा जुनसुकै स्थानमा भएता पनि हामी ग्राहकमाझ वेष्ट स्मार्टफोनको रुपमा स्थापित हुन चाहन्छौं। अहिले हवावे नेपाली बजारमा झन्डै २० प्रतिशतको हाराहारीमा पुगिसकेको छ। यो सफलताको प्रमुख कारण हाम्रो काम गर्ने शैली नै हो। 

एक भएर काम गर्ने हाम्रो पद्धतिले यो सफलता हात पारेको हो। नेपालमै आज हुवावेलाई पछ्याउँदै बजारमा थुप्रै ब्रान्ड भित्रिएका छन्। एक सय ७० देशमा आफ्नो सेवा विस्तार गरिसकेको कम्पनीका लागि आज नेपाली बजार पनि महत्वपूर्ण बजारमा भएको छ। 

यो सानो देश भएतापनि यहाँ धेरै ब्राण्डका मोवाइलफोन भित्रिएका छन्। त्यसैले यहाँ चर्को प्रतिशपर्धा सुरु भएको छ। उक्त प्रतिशपर्धाको बीचमा पनि हुवावे ग्राहकको रोजाइ र उनीहरुले अरुलाई प्रिफर गर्ने ब्राण्डको रुपमा स्थापित भएको छ। यो नै हाम्रो लागि ठूलो सफलता हो। 

अहिले नेपालमा एकपटक हुवावे प्रयोग गर्ने ९० प्रतिशत प्रयोगकर्ताले फेरि पनि हुवावे फोन बोक्ने गरेका छन्। यसका विभिन्न कारण पनि छन्। त्यसमा हुवावे फोनको नेटवर्क नेपालमा सबैभन्दा उत्कृष्ट छ। प्रविधिमा पनि आधुनिक छ। स्मार्टफोन ग्राहकमैत्री र प्रयोग गर्न सहज छ। त्यो भन्दापनि महत्वपूर्ण कुरा कम्पनीले गुणस्तरीय उत्पादनमा प्राथमिकता दिएको छ। हुवावेले ग्राहकको मन जित्न सक्नुको सबैभन्दा पहिलो कारण गुणस्तरीय उत्पादन नै हो।

 ग्राहकलाई सन्तुष्टी प्रदान गर्नु अर्को पाटो छ। त्यही सन्तुष्टीले ग्राहकलाई फेरि पनि हुवावे स्मार्टफोन किन्ने बनाएको छ। त्यसका लागि कम्पनीले आफूलाई हरेक कोणबाट विकास गरिरहेको छ। ग्राहकलाई दिने सेवामा विकास भएको छ, ग्राहले प्रयोग गर्ने स्मार्टफोनमा ठूलो अन्तर आएको छ। ग्राहकको अनुभव, अनुसन्धान, डिजाइनमा कम्पनीको कुल आम्दानीको १५ प्रतिशत लगानी गर्दै आएको कम्पनीको विश्वमा आफ्नै १५ रिसर्च सेन्टर रहेको छ। 

जसको मद्धतले ग्राहकलाई नयाँ प्रविधिसँग जोड्न कम्पनी सफल भएको छ। प्रविधिको हिसाबले पनि हरेक ६ महिनामा नयाँ प्रविधिका साथ नयाँ स्मार्टफोन ग्राहकमाझ आएका छन्। नेपालमा पनि कम्पनीले पछिल्लो समय बजार अनुसन्धानमा ठूलो रकम खर्च गर्दै आएको छ। नेपाली ग्राहकले कस्तो उत्पादन रुचाउँछन, कती मूल्यको फोन नेपाली बजारमा बढी सफल हुन्छ भन्ने कुराको अध्ययनले नै हुवावेलाई यहाँसम्म ल्याइपुर्‍याएको हो। 

त्यहि अध्ययन र अनुसन्धानमार्फत नै कम्पनीले हरेक वर्ष क्यामरा, ब्याट्री, स्क्रिन, एन्ड्रोइड भर्जन, स्मार्टफोनको स्पिडलगायत सेवा सुविधामा परिमार्जन गर्दै आएको छ। स्मार्टफोन पनि विभिन्न सिरिजमा छन्। मेट र पी सिरिजका फ्ल्यागसिप स्मार्टफोनमा प्रयोग भएको प्रविधि र क्यामरा विश्वमै सबैभन्दा उत्कृष्ट हो। 

नोभा सिरिजअन्तर्गत स्मार्टफोनमा क्यामरालाई प्राथमिकता दिइएको छ। चारवटा क्यामरा भएको नोभा सिरिज नेपालमा कम्पनीको सबैभन्दा सफल सिरिज पनि हो। नोभा सिरिजमार्फत हुवावेले नेपालमै सबैभन्दा ठूलो सफलता हात पारेको छ। त्यस्तै मिड रेन्जमा जी सिरिज र इन्ट्री लेभलमा वाई सिरिजका स्मार्टफोन छन्। जसमा कम्पनीले ब्याट्री, नेटवर्क र प्रविधिलाई प्राथामिकतामा राखेको छ। 

कम्पनीले स्मार्टफोन बेच्ने काम मात्र नगरेर 'आफ्टर सेल्स' अर्थात बिक्रीपछिको सेवालाई पनि सँगै लगेको छ। ग्राहकलाई स्मार्टफोन खरिदको नयाँ अनुभवका लागि 'टच एन्ड फिल' सहितको बिक्री केन्द्र स्थापना गरिएको छ। लोमो यात्रा सोचेर नेपाल छिरेको हुवावेले 'लङ टर्म' लाई हुने गरी आफ्नो बजार विस्तार गर्ने काम गरिरहेको छ। 

हामी यहाँ १०-२० वर्षमात्रै हैन ५० वर्षसम्म पनि उस्तै नयाँ अनुभव प्रदान गर्न तत्परताका साथ आएको हौं। त्यहि अनुरुप कम्पनीले आफ्नो सोरुम, सर्भिस सेन्टर विस्तार गर्ने, आफ्नो उत्पादनको गुणस्तरलाई वृद्धि गर्ने, हरेर सेगमेन्टमा उत्पादन वृद्धि गर्दै जानेलगायत काम गरिरहेको छ। भने आगामी दिनमा ग्राहकलाई नयाँ नयाँ उत्पादन प्रदान गर्दै अगि बढ्ने योजना कम्पनीको रहेको छ। 

नोभा थ्री र  थ्री आई
नोभा सिरिज कम्पनीको नेपालमा सबैभन्दा सफल उत्पादन हो। बिक्रीका आधारमा नोभा सिरिजका स्मार्टफोन मेरो सोचाइभन्दा माथि पुगेको छ। दुई घण्टामा दुई हजारको हाराहारीमा नोभा थ्री र थ्री आईको बिक्री भयो। त्यो नेपाली बजारमै पहिलो पटक भएको थियो। कुनैपनि ब्राण्डले दुई घण्टाको समयमा त्यो मात्रामा स्मार्टफोन बेचेको नेपालमै हुवावेलै नै हो। चार क्यामारसहित उत्कृष्ट प्रविधिका साथ आएको नोभा सिरिजको नेपाली बजारमा ठूको क्रेज रहेको छ। 

क्यामरा फोनको रुपमा चिनिएको नोभा सिरिजका उत्पादनमा चारवटा क्यामरा रहेका छन्। त्यसमा पनि नोभा थ्री र  थ्री आईले कम उज्यालोमा पनि राम्रो फोटो खिच्न मद्दत गर्नेछ। युवा पुस्ता, व्यापारीका लागि लक्षित यो स्मार्टफोनमा २४ एमपी क्वाड क्यामरा सेट-अप गरिएको छ। दुवै स्मार्टफोनमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरासहित दुईवटा फ्रन्ट क्यामरा रहेको छ।
 
कम्पनीले बजारमा नोभा थ्रीको बजार मूल्य ५९ हजार नौं सय र नोभा थ्रीआईको मूल्य ३८ हजार नौं सय रुपैयाँ तोकेको छ। कम्पनीका अनुसार हुवाई नोभा थ्रीको रियर क्यामरामा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफर १.८ वाइड एपेर्चर ६ पी लेन्ससहितको १६ एमपीआर जीबी सेन्सर जडान गरेको छ। 

फोनको रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा दुई एमपीको सेकेण्डरी सेन्सर प्रयोग भएको छ। सेल्फी तस्बिरलाई अझ राम्रो बनाउन नोभा थ्री तथा नोभा थ्रीआइमा तस्बिरको प्रकार चिन्ने सिन रेकग्निसन प्रणाली जडान गरिएको छ। नोभा थ्री तथा थ्रीआईमा उच्च क्षमताका क्यामरा जडान गरिनुका साथै क्यामरामा एआई प्रणाली पनि जडान गरिएको छ। सेल्फी खिच्ने क्रममा फ्रन्ट क्यामरामा जडित आर्टिफिसियल इन्टेलिजन्सको प्रयोग गरि ब्लु स्काई, बिच‚ नाइटजस्ता आठ विभिन्न तस्बिर समूहमा विभाजित भएको र त्यसैकै आधारमा फोटो खिचिने व्यवस्था छ।

हुवावे टेक्नोलोजी नेपालका प्रमुख जोयस झुसँग रञ्जनहरि कोइरालाले गरेको कुराकानीमा आधारित 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.