राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै बझाङ

राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै बझाङ

चैनपुुर : विद्युुत्को राष्ट्रिय प्रसारण लाइनबाट टाढा रहेको प्रदेश ७ को बझाङ असोजदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। बैतडीको श्रीभावरबाट राष्ट्रिय प्रसारण लाइन र पोल विस्तारको काम सकेर चैपुुरको सेलाखेतमा ट्रान्समिटर निर्माणको कार्य पूरा हुुने वित्तिकै बझाङ राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युुत् प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका इन्जिनियर तेजबहादुुर गुुरुङले जानकारी दिए।

अहिले बैतडी जिल्लाको खोडपेबाट बझाङका लागि प्रसारण लाइन बनिरहेको हो। असोजको पहिलो साता खोडपेबाट विद्युुत्को राष्ट्रिय प्रसारण लाइन छाड्ने भएपछि पुुस्तौंदेखिको बिजुुलीको समस्या झेल्दै आएका बझाङी खुुसी भएका छन्।

३३ केभी राष्ट्रिय प्रसारण लाइनको श्रीभावरदेखि चैनपुुरसम्मको लाइन र १३ सय पोल विस्तार सम्पन्न भएको छ। बैतडीको खोडपेदेखि श्रीभावरको बीचमा पर्ने ढोलेको मोडमा एक दुुई स्थानमा एक दुुई पोल गाड्न र लाइन विस्तारको काम सकिएपछि असोजको पहिलो हप्ताभित्र परीक्षण गरिने इन्जिनियर गुुरुङले बताए।

उनका अनुुसार मौसमले साथ दिए र अरु कुुनै बिपत नआए दसैंअघि नै बझाङमा राष्ट्रिय प्रसारण लाइन जोडिनेछ। उनले दसैं अगाडि नै बझाङलाई उज्यालो बनाउने गरी काम भइरहेको बताए।

राष्ट्रिय प्रसारण लाइन सदरमुुकाम नजिकै रहेको सेलाखेतमा सय एम्पीएरको ३३ हजार भोलटेजका दुुईवटा ट्रन्समिटरमा जोडी चैनपुुरलगायत आसपासका क्षेत्रमा बिजुुली विस्तार गरिने उनले बताए।

बझाङको सदरमुुकाम र आसपासको क्षेत्रमा अहिलेसम्म सुुर्मादेवी विद्युुत् प्रालिको विद्युुत् सेवा मात्रै छ। राष्ट्रिय प्रसारण लाइन पुुगेमा बझाङका झन्डै १८ सय घरधुुरीमा झिलीमिली हुुनेछन्।


मौसमले साथ दिए र अरु कुुनै बिपत नआए दसैंअघि नै बझाङमा राष्ट्रिय प्रसारण लाइन जोडिनेछ।

श्रीभावरदेखि चैनपुुरसम्स पोल र लाइन विस्तारसहित ट्रान्समिटर निर्माण कार्यको जिम्मा लिएका नरेन्द्र दावा जेपी निर्माण सेवाका प्राविधिक महेश जोशीले भने असारभित्रै बिजुुली बाल्ने लक्ष्य रहे पनि अर्को प्याकेजमा सामुुदायिक वनमा पोल, तार र रुख काट्न केही समस्या हुँदा ढिला भएको बताए।

२०४७ सालमा नेपाल विद्युुत् प्राधिकरणले नै सदरमुुकाम चैनपुुरलाई लक्ष्य गरी दुुई सय किलोवाट क्षमताको लघुुजलविद्युुत् निर्माण गरी २०५० सालदेखि सुुर्मादेवी विद्युुत् प्रालिलाई भाडामा दिएको थियो। चैनपुुरमा विद्युुत्को क्षमता कम र वितरण बढी भएको हुुँदा विद्युुत् कै कारण सदरमुुकामको व्यापारव्यवसायमा समस्या आएको चैनपुुरका व्यवसायी नगेन्द्र खड्काले बताए।

कुुनै दिन बिग्रेपछि अर्को कुुनै विकल्प नरहेकाले बझाङबासी विद्युुत्को मार झेलिरहेका थिए। खड्काले राष्ट्रिय प्रसारण लाइन आएपछि विद्युुत्को समस्या नहुुने आशा जगाएको बताए। बझाङका प्रमुुख जिल्ला अधिकारी प्रेमसिह कुुवरले पनि विद्युुत्का कर्मचारीले असोज पहिलो साता बझाङमा राष्ट्रिय प्रसारणको विद्युुत् बाल्ने गरी काम गररहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.