सन्का खोलाको बाढीले करिब २ लाखको क्षति
बिर्तामोड : झापाको कनकाई नगरपालिकामा रहेको सन्का खोलाको बाढी गाउँमा पस्दा दुईलाख बराबरको क्षति भएको छ। कन्काई नगरपालिका- ३ स्थित सेल्फी डाँडा नजिकै रहेको सो खलामा वर्षासँगै आएको बाढी आसपासको बस्तीमा पसी क्षति पुर्याउँदा करिब २ लाख ३० हजार मूल्य बराबरको क्षती भएको हो ।
सो बाढीले कन्काई नगरपालिका- ३ का लुखी मुर्मुको अन्दाजी २० हजार, जनता सोरेनको अन्दाजी ५० हजार, बाहा किस्कुको अन्दाजी १५ हजार, होपनी किस्कुको, अन्दाजी १ लाख, सोम हस्ताको अन्दजी १५ हजार, तिलक लोकान्द्रिको अन्दाजी १५ हजार, दल बहादुर लिम्बुको अन्दाजी १५ हजार बराबरको क्षति बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।