दक्षिणकालीको खहरेमा १९ वर्षीय युवकको हत्या !

दक्षिणकालीको खहरेमा १९ वर्षीय युवकको हत्या !

काठमाडौँः  दक्षिणकाली नगरपालिका–३ खहरेमा एक व्यक्तिको रहस्यमय मृत्यु भएको छ । प्रहरीले प्राराम्भिक अनुसन्धानबाट स्थानीय १९ वर्षीय युवकको हत्या भएको निचोड निकालेको छ ।  

चोभार नजिकै खहरे बजार निवासी १९ वर्षीय युवाको गएराति हत्या भएको हो । उनको शव घरबाट करिब आधा किलोमिटरको दुरीमा झाडीमा भेटिएको हो । 

प्रहरीले ती युवाको नाम खुलाइसकेको छैन । तर घटनास्थलमा महानगरीयप प्रहरी वृत्त कीर्तिपुरबाट डीएसपी अनिल खड्काको कमाण्डमा अनुसन्धान टोली पुगिसकेको छ । अनुसन्धान

टोलीले ती युवाको शरिर जाँच गर्दा घाँटीमा निलडाम भेट्टाएको छ भने शरिरका अन्य भागमा पनि चोट लागेको देखिएको छ । 

स्थानीय कृषि व्यवसायी अमृत वलीका अनुसार घोप्टो परेको अवस्थामा ती युवाको शव भेटिएको हो । उनका बाबु भने रोजगारीका लागि विदेशमा रहेको खुलेको छ । 

सम्मो स्थानमा रहेको झाडीमा ती युवाको शव भेटिएकाले कसैले हत्या गरेर त्यहाँ फालेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.