इन्ट्री लेबलका एसयूभी टोयोटा रस

इन्ट्री लेबलका एसयूभी टोयोटा रस

काठमाडौं : गाडी चढ्ने सपना सबैको हुन्छ। मानिसले आफ्नो आर्थिक क्षमताको आधारमा गाडी चढ्ने गर्छन्। सुरुवाती चरणमा प्रायः सबैले इन्ट्री लेबलका गाडी चढ्ने गर्छन्। सस्तो मूल्यमा गाडी चढ्न पाउने भएकाले ग्राहकको पहिलो रोजाइ इन्ट्री लेबलकै हुने व्यवसायीको भनाइ छ। गाडीमा सवारी हुने बानी परेसँगै सोख बढ्दै जान्छ। विलासी र आरामदायी गाडीतर्फ मोह बढ्दै जान्छ। पछिल्लो समय सानो र होचो (ह्याचब्याक) चढ्नेहरू अग्लो र फराकिलो स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी)तर्फ आकर्षित हुन्छन्। व्यवसायीले पनि ग्राहकको चाहनाअनुसार एसयूभी गाडी भित्र्याउन थालेका छन्।

५० वर्षयता नेपालमा जापानमा निर्मित टोयोटा गाडी बिक्रीवितरण गर्दै आएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले साउनको पहिलो साता टोयोटा रस नेपाली बजारमा भित्र्याएको छ। नेपाली ग्राहकले जापानी उत्पादन औधी रुचाउँछन्। जापानी सामान सुरक्षित र बलियो हुने आम नेपालीको विश्वास छ। यस्तोमा टोयोटाका गाडी नेपालमा मात्र नभएर विश्वभर नै चर्चित छन्। यसले महँगा र आकर्षक गाडी उत्पादन गर्छ। रस नेपाली बजारमा उपलब्ध टोयोटाका गाडीमध्ये इन्ट्री लेबलको पहिलो एसयूभी भएको कम्पनीका इन्जार्ज सेल्स एन्ड मार्केटिङ विवेक बलामी बताउँछन्। ‘टोयोटाको गाडीप्रति ग्राहकको अदभूत लगाब छ। पछिल्लो समय एसयूभीमा ग्राहक बढेका छन’्, बलामी भन्छन्, ‘रस इन्ट्री लेबलको एसयूभी हो, यसले ग्राहकको बजेटमै आरामदायी र स्तरीय गाडी चढ्ने धोका पूरा गर्छ।’ रस विश्व बजारमा सन् २०१८ को जनवरीमा सार्वजनिक भएको थियो। विश्व बजारमा यसले राम्रो व्यापार गरेको थियो। र, नेपाली ग्राहकले पनि रस मनपराउने कम्पनी विश्वास छ।

रस चार भेरियन्टमा नेपाली बजारमा उपलब्ध छ। टोयोटा रस मिड म्यानुअल ट्रान्समिसन, टोयोटा रस हाई म्यानुअल ट्रान्समिसन, टोयोटा रस मिड अटोमेटिक ट्रान्समिसन र टोयोटा रस हाई अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। यी कारका सिट क्वालिटी, डिजाइन, अगाडिको लुक, चक्काको चौडाइ र ट्रान्समिसनलगायत केही विशेषता एक अर्काभन्दा फरक छन्।

रस चार भेरियन्टमा नेपाली बजारमा उपलब्ध छ। टोयोटा रस मिड म्यानुअल, हाई म्यानुअल, मिड अटोमेटिक र हाई अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। यी कारका सिट क्वालिटी, डिजाइन, अगाडिको लुक, चक्काको चौडाइ र ट्रान्समिसनलगायत विशेषता एक अर्काभन्दा फरक छन्।

गाडीको सुरुवाती मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकिएको छ। यसमा २एनआर–भीई, ४सिलिन्डर इन लाइन, १६भल्व, डीओएचसी, डब्लूडब्लूटी–आई इन्जिन छ। १४९६ सीसी इन्जिन क्षमता भएको कारले ७६ किलोवाटमा ६००० आरपीएम अधिकतम शक्ति र १३४ एनएमान ४२०० आरपीएम अधिकतम टर्क उत्पादन गर्छ। ४५ लिटरको फ्युल ट्यांक भएको कारले प्रतिलिटर १५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। कार पेट्रोल इन्धनबाट गुड्छ। ४४३५ एमएम लम्बाइ, १६९५ एमएम चौडाइ र १७०५ एमएम उचाइ भएको कारलाई मोड्नका लागि न्यूनतम ५.२० वर्गमिटर क्षेत्रफल आवश्यक पर्छ।

२९० एमएम ग्राउन्ड क्यिरेन्स भएको कार चिल्ला सडकका साथै कच्ची सडकमा पनि बिनाकठिनाइ गुड्ने क्षमता राख्छ। ‘ग्राहकले चिल्ला सडकमा कुदाउन मात्रै कार किन्दैनन्। हिमाली, पहाडी र तराईको समथर भू–भागमा गाडी गुडाउनुपर्छ’, बलामी बताउँछन्, ‘अग्लो ग्राउन्ड क्लियरेन्स भएमा खाल्डाखुल्डीमा गाडीले जमिन छुदैन।’ यसमा नेपाली बजारमा उपलब्ध टोयोटाका अन्य कारको तुलनामा उच्च ग्राउन्ड क्लियरेन्स रहेको उनी बताउँछन्। यो नेपालको भूगोल सुहाउँदो कार हो।

सुरक्षा

जापानी उत्पादन नेपालीमाझ उच्च छबि कायम राख्न सफल छ। जापानिज उत्पादन बलियो र सुरक्षित हुने भएकाले ग्राहकको रोजाइमा पर्ने गर्छ। टोयोटाका गाडी नेपालीमाझ मात्र नभएर विश्वमै चर्चित छ। टोयोटाले उत्पादन गर्ने कारलाई जापानी प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ। टोयोटामा सवार व्यक्तिको सुरक्षालाई महŒव दिइएको छ।

यसले द न्यू कार एसेसमेन्ट प्रोग्राम फर साउथइस्ट एसिया (एसियन एनक्याप)बाट सुरक्षाका लागि पाँच रेटिङ प्राप्त गरेको छ। रसको अगाडिको चक्कामा १६ इन्चको डिस ब्रेक तथा पछिल्लो चक्कामा ड्रम ब्रेक जडान गरिएको छ। साथै यसमा एन्टीलक ब्रेकिङ स्टिम (एबीएस) र इमर्जेन्सी सिग्नल स्टिम (ईएसएस) छ। अत्यावश्यक अवस्थामा ब्रेक लगाउनुपर्दा ब्याक मिरर र छतको बिचमा रातो बत्ती बल्छ। सामान्यतया गाडीहरूमा ब्रेक लगाउँदा ब्याक लाइटले जनाउ दिन्छ। पछाडीबाट आउने सवारीसाधनले अघिल्लो गाडीको अवस्थाबारे संकेत गर्छ। सम्भावित दुर्घटनाबाट जोगाउन ६ वटा एयर ब्याग राखिएको छ। सात वटा सिट बेल्ट छ। गाडीलाई नियन्त्रण गर्न सोलिड भेहिकल स्ट्याबिलिटी कन्ट्रोल (भीएससी) प्रविधि जडान गरिएको छ। साथै उकालोमा रोक्नुपर्दा गाडीलाई पछाडि बग्नबाट रोक्न हिल स्टार्ट एसिस्ट (एचएसए) स्टिम दिएको छ। चाइल्ड सेफ्टीलक र गाडीले निश्चित गति समातेपछि स्वचालित रूपमा ढोका बन्द हुने व्यवस्था छ। गाडीमा रियर सेन्सर पनि छ। यसले पार्किङको समयमा गाडीलाई अन्य वस्तुमा ठोकिनबाट बचाउँछ।

फिचर

रस सात सिट क्षमताको कार हो। नेपालको पारिवारिक संरचनालाई ध्यानमा राखेर बजारमा ल्याइएको बलामी बताउँछन्। ‘तीनपुस्ते परिवार एकै पटक यात्रा गर्न सक्छन्, परिवारको एकतालाई प्रतिनिधित्व गर्छ’, बलामीले भने। गाडीका सिटहरू फराकिला र पछाडिको सिट आवश्यकताअनुसार फोल्ड गर्न सकिन्छ। सिट क्षमताअनुसार गाडीमा यात्रा गर्दा ग्राहकले घुडा ठोकिनेलगायत समस्या भोग्नु नपर्ने कम्पनीको दाबी छ। साथै, गाडीमा सवार व्यक्तिको आरामदायी यात्राका लागि हेड रेस्ट पनि छ। यसले केही हदसम्म ग्राहकको थकान मेटाउने कम्पनीको विश्वास छ। गाडी स्टार्ट गर्न चाँबीको आवश्यकता पर्दैन। चालकले बटन थिचेर स्टार्ट गर्न सक्छन्। ग्राहकले मौसमअनुसार गाडीको वातावरण परिवर्तन गर्न सक्छन्। त्यसका लागि एयरकन्डिसन र हिटर छ। गाडीमा ग्राहकको आवश्यकताअनुसार पावर डोर लक र वायरलेस स्मार्ट डोर लक राखिएको छ। चालकको उचाइअनुसार मिलाउन मिल्ने खाले छालाले ढाकिएको स्टेरिङ ह्विल छ। गतिबारे जानकारी दिन टाको मिटर र स्पिडोमिटर छ। इन्धन सकिन लागेमा गाडीले अघिनै सूचना दिन्छ। मनोरन्जनका लागि गाडीमा पर्याप्त उपकरणको व्यवस्था गरिएको छ। जस्तै, अडियो टच स्क्रिन, ब्लुटुथ, सीडी प्लेयर, डीभीडी प्लेयर, एफएम तथा रेडियो छन्। यसले गर्दा यात्राका क्रममा गाडीमा सवार व्यक्तिले भरपुर मनोरन्जन लिनेछन्।

रस सिल्भर मिका मेटालिक, ब्ल्याक मी, मरुन एमएम, ह्वाइट, रेड एमएम र ब्रन्ज मिका मेटालिक कलरमा उपलब्ध छ। गाडीलाई आकर्षक देखाउन छतमा रेलिङ राखिएको छ। गाडीको हेड ल्याम्पमा एलईडी स्मोक प्लस ब्ल्याक दिइएको छ। कुइरोमा गाडी चलाउन ल्याम्प–फग विथ क्रोम (स्मोक) बेजेल बत्ती जडान गरिएको छ। आफ्नो सवारीभन्दा पछाडि गुडिरहेका गाडीबारे जानकारी दिन बाहिर र भित्र रियर भ्यू मिरर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.