कुटपिटपछि शिक्षक बेपत्ता

कुटपिटपछि शिक्षक बेपत्ता

रुकुमपूर्व : विद्यालय परिसरमै कुटपिटमा परी घाइते  एक शिक्षक बेपत्ता भएका छन्। गत साउन ३१ गते कुटपिटमा परी घाइते भएका शिक्षकको फोटो परिवारले सार्वजनिक गरेर उनी बेपत्ता रहेको बताएका हुन्। 

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ आधारभूत विद्यालय पेल्मा मैकोेटमा अध्यापन गराइरहेका शिक्षक मखन केसी बेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ। 

बेपत्ता केसीको खोजी गरिदिन प्रशासन तथा अन्य सरोकारवालालाई परिवारले आग्रह गरेका छन्।

केसीका दाइ मोहन बहादुरले भाइलाई कुटपिट गरी बेपत्ता पारिएको आरोप लगाए। 

दाइ मोहनबहादुरले गत ३१ गते कुटपिट गरी भदौ १२ गतेदेखि बेपत्ता पारिएको बताए। विगत २४ वर्ष सोही विद्यालयमा शिक्षकको रुपमा काम गर्दै आएको भाइ बेपत्ता हुँदा स्थानीय सरकार मौन रहेकोप्रति उनले आपत्ति जनाएका छन्। 

विद्यालय र स्थानीय प्रतिनिधि अहिलेसम्म मौन रहँदा अपराधीलाई संरक्षण भइरहेको आशंका परिवारजनले गरेका छन्। 

रुकुमपूर्वको सिस्ने गाँउपालिका-६ स्थायी घर भई पुथाउत्तरगंगा गाउँपालिकाको आधारभूत विद्यालय पेल्मा मैकोटमा कार्यरत केसीलाई विद्यालय परिसरमै कुटपिट गरिएको थियो। 

साउन ३१ गते कुटपिट गरिएका केसी भदौ १२ गतेदेखि बेपत्ता भएको परिवारको दाबी छ। 

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बेपत्ता शिक्षकको खोजी कार्य तिब्र बनाइएको बताए। उनले घटनाबारे  अनुसन्धान भइरहेको दाबी गरेका छन्। 

शिक्षक मखनलाई कुटपिट गर्दासमेत विद्यालय परिवार मुखदर्शक बनेको प्रति परिवारको आरोप छ। कुटपिट कस्ले र किन गरेको भन्नेबारे भने केही पनि सार्वजनिक भएको छैन।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.