धमनी च्यातिएका घाइतेको सफल शल्यक्रिया
काठमाडौं : चितवनमा भएको सवारी दुर्घटनामा परि ठुलो धमनि (एओर्टा) च्यातिएका एक युवकको ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।
वरिष्ठ कार्डियोथोरासिस एवं भास्कुलर सर्जन डा।उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा चिकित्सकको टोलीले उक्त शल्यक्रिया गरेको हो ।
दुर्घटनमा परि ती युवकको मुख्य धमनी च्यातिएको थियो । शरिरमा रगत आपुर्ति गर्ने मुटुबाट ठुलो नली निस्किएको हुन्छ, त्यसलाई मुख्य धमनि (एओर्टा) भनिन्छ । दुर्घटनामा परि ती युवकको धमनी च्यातिएको थियो ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा। श्रेष्ठले दुई दशकको सेवा अवधिमा दुर्लभ शल्यक्रिया गरेको बताए । २९ वर्षका ती युवक अहिले डिस्चार्ज भई आराम गरिरहेको अस्पतालले जनाएको छ ।
धमनी च्यातिएपछि अधिकांश घाइतेको घटनास्थलमै मृत्यु हुने गरेको छ । गत साउन १७ गते राती भएको सवारी दुर्घटनामा ती युवक गम्भीर घाइते भएका थिए । उनलाई हेलिकोप्टरबाट हस्पिटलमा ल्याई उपचार शुरु गरिएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले विश्वमै उपलब्ध नविनतम प्रविधिहरु र दक्ष चिकित्सकको टीम भएकोले शल्यक्रियामा सफलता पाइएको बताए । उनले भने,‘ भारतमा भन्दा न्युन खर्चमा उपचार गरिएको छ । उपचारमा वाहिरी मुुलुक जान नपर्ने गरि स्वदेशमै जटिल शल्यक्रिया गरेर सकारात्मक सन्देश दिन चाहन्छौं ।’