बोगटीजस्तो नेता भएको भए पार्टी एकतामा झन् सजिलो हुने थियाे : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवस आयोजना गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा बोगटीले नेपाली राजनीतिमा दिएको योगदानको चर्चा गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री एव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेता पोस्टबहादुर बोगटीको योगदान सबैले अनुसरण गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेता बोगटी निडर तथा स्पष्ट व्यक्तित्व भएको बताए । बोगटीको निधनले पार्टीलाई क्षती पुगेको भन्दै उनले पुर्याएको योगदानबारे चर्चा गरे ।
अध्यक्ष प्रचण्डले नेता पोस्टबहादुर बोगटी होनाहार नेता भएको भन्दै पार्टी बलियो बनाउन पार्टी एकतालाई पूर्णता दिने काम भइरहेको बताए । ‘पार्टी एकताको काम सहज हैन जटिल छ तैपनि हामी छिट्टै सहजरुपमा एकतामा टुंग्याउँछौं’ उनले भने ।
बोगटीजस्तो नेता भएको भए पार्टी एकतामा झन् सजिलो हुने अध्यक्ष प्रचण्डले बताए । उनले सबै विचारसँग सहकार्य गर्दै देश र जनताको हितका लागि अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस !
