कविता : मर्म
पुकार्दैमा भगवान दुःख भाग्ने हैनन्।
न त दुःख बुझ्ने मन बन्यो यहाँ ।
रिस राग राखी बद्ला लिदै जान्छन्।
आफू आफैँलाई स्वाभिमानी ठान्छन।
विद्रोहको आगो दन्काएरै बाल्छन्।
मौका मिलेसम्म पाऊ नै मोलाउँछन्।।
भावनामा धेरै बग्दै गीत गाउँछन।
यथार्थमा पर्दा सलाई कोरी जलाऊछन्।
खस्रा बात हुन्नन चिप्लो धेरै घस्छन।
स्वार्थ पूरा गर्न पाऊ नै दबाउँछन्।।
लाचारीको यहाँ कुनै काम छैन्।
व्यभिचारीहरू गनि साध्य हैन।।
निराश्रितले टेक्ने ठाउँ पाइदैन्।
कुटिलले आफ्नो दाउ छोड दैन्।।
जो, छ घात गर्ने उहि बन्छ हर्ने।
पासा फ्याँकिदिदै आफ्नै खाल झार्ने।
दाऊ थाप्दा थाप्दै ठन्डाराम पार्ने।
केही नपाएमा शरिरै हडप्ने ।।
अन्धो हुन्छ कानुन देख्ने चक्षु छैनन्।
बहिरो बन्यो कानुन कानै सुनदैन्।
भोको पेट छाम्ने यन्त्रै बन्या छैन्।।
ढिकुटीमा आफै आई भरिँदैन।।
यता लाऊ दाऊ, उता लाऊ भाऊ।
आफ्नै पालो अहिले सयाकसुलुक खाऊ।।
भोलि पाइन्छ पाइन्न त्यसको छैन भेऊ।
जाँ जाँ जे जे मिल्छ सोहोरेरै लेऊ।।
बन्या छैन भगवान दुख बुझ्ने देख्ने।
कस्ले देखीआछ मसी भाग्य लेख्ने।।
दुराचारी धेर भो कोर्छन् आफै कर्म।
भेटिँदैनन् अहिले बुझ्ने अर्को मर्म।।
सर्लाही, हाल भैसेपाटी ललितपुर