'सबल बनाए मात्र कर तिर्छौ'

'सबल बनाए मात्र कर तिर्छौ'

 इलाम : गोदक गाउँ विकास समिति इलाम नगरपालिकामा गाभिएर वडा नं १० बनेपछि जनतामा अनावश्यक बोझ थपिएको ठान्छन् स्थानीयको गुनासो बढ्दै गएको छ ।

‘नागरिकसँग मेयर’ नामको कार्यक्रम लिएर वडा कार्यालय पुगेका मेयर महेश बस्नेतलाई अघिल्तिर राखिएपछि स्थानीय अगुवा ध्रुव अधिकारीले मुख खोले, ‘कर तिर्न सक्ने बनाउनुस् अनि कर तिर्छौं ।’ स्रोत र क्षमता नहेरी कर वृद्धि गरेको भनी गुनासो पोख्ने अधिकारी पहिलो व्यक्ति भने हैनन् । इलाम नगरपालिका–७ का देवी पौड्यालले पनि नगरपालिकाले भूमिदेखि पानीसम्ममा कर लगाएको आरोप लगाइन् । चुनावपछि जनताको मर्का सुन्न गाउँ पुगेका बस्नेतलाई जनताले कर–शुल्क आदिको नाममा जनता क्षमताभन्दा अग्लो करको बोझ थपिदिएको गुनासो मात्रै पोख्दैनन् विकासको अनुभूति गर्न नपाएकोमा आक्रोशसमेत व्यक्त गर्ने गर्छन् ।

करबारे नागरिकलाई सम्झाउन पुगेका बस्नेतले वडा नं २ सुम्बेकका नागरिकका गुनासा सुनेपछि भने, ‘देश अरूले बनाइदिँदैन आफैंले बनाउने हो ।’ उनी कर नतिरी विकास सम्भव नहुने जिकिर गर्दै थिए । उनले गाउँको विकासका लागि नगरपालिकाले सकेको सहयोग गर्ने भन्दै नागरिक नै नजुटी गाउँ नबन्ने तर्क राखे ।

नगरपालिकाले चाँडै लगानी सम्मेलन गर्न लागेकाले पनि नागरिकको सल्लाह सम्मेलनका लागि फलदायी हुने भन्दै अभियान सुरु गरेको नगरपालिकाले जनाएको छ ।

नागरिकले मेयरसमक्ष गाउँको सडक बनाउन, बिजुलीको पोल फेरिदिन, खानेपानीको व्यवस्था गरिदिन माग गरेका छन् । मेयर बस्नेतले सीमित साधनको प्रयोग गरेर भए पनि जनताको अपेक्षा पूरा गर्ने आश्वासन दिएका छन् । अभियान नगरका १२ वटै वडामा सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । कर वृद्धिको विरोधमा नागरिक उत्रिएपछि सूर्योदय नगरपालिकाले पनि वडा वडामा कर सचेतना कार्यक्रम सुरु गरेको छ ।

कर वृद्धिविरुद्ध संघर्ष समिति नै गठन गरेर नागरिकले असन्तुष्टि जनाएपछि नगरपालिकाले टोल विकास संस्थाका प्रतिनिधि, संघसस्थाका प्रतिनिधिहरूलाई भेला पारी जनगुनासो सुन्ने र करबारे जानकारी गराउन सुरु गरेको नगरपालिकाले जनाएको छ । सूर्योदय नगरपालिकाले दुई वटा वडामा यस्तो कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । सूर्योदय नगरपालिकाले यसअघि पनि गुनासो चौतारी कार्यक्रममार्फत जनताको गुनासो र सुझाव संकलन गरिसकेको मेयर रणबहादुर राईले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.