बिरुवा जोगाउन होडबाजी

बिरुवा जोगाउन होडबाजी

धनकुटा : धनकुटा–६ सरस्वती चोकस्थित टाइगर हिल पार्कमा क्रिसमस जातको बिरुवा लस्करै रोपिएका छन् । हरेक बिरुवाको हाँगामा परिचय दिने खालको कार्ड झुन्ड्याइएको छ । कार्डमा बिरुवाको नाम, नम्बरसँगै बिरुवा संरक्षण गर्ने व्यक्तिको नाम तथा ठेगाना उल्लेख छ ।

पार्कभित्र रहेका ती बिरुवाको संरक्षण गर्न सरस्वती टोलबस्ती संगठनले नौलो उपाय अपनाएको छ । संगठनमा आबद्ध हरेक सदस्यलाई एउटा÷एउटा बिरुवा संरक्षण गर्ने जिम्मेवारी तोकिएको छ । संगठनको बैठकबाट निर्णय गरेर हरेक सदस्यलाई बिरुवा संरक्षणको जिम्मेवारी दिइएको अध्यक्ष दुर्गा निरौलाले बताइन् । पार्कमा क्रिसमस जातका ३३ ओटा बिरुवा रोपिएको छ । ‘बिरुवा रोप्नु मात्र ठूलो कुरा होइन । हुर्काउने कार्य पनि चुनौती रहेछ’, उनले भनिन्, ‘सबै सदस्यबाट सामूहिक रूपमा बिरुवा हुर्काउन र संरक्षण गर्न सम्भव छैन । जसको कारण हरेक सदस्यलाई एक बिरुवा संरक्षण गर्ने उपाय अपनाएका हौं’, सो कार्यले टोलबस्ती संगठनका सदस्यहरूमा जिम्मेवारीको भावना बढेको छ । उनले थपिन्, ‘सदस्यहरूमा जिम्मेवारीबोधको भावना जागृत भएको छ ।’

बिरुवा संरक्षणको दायित्व हरेक सदस्यलाई दिइएको छ । हरेकले आ–आफ्नो बिरुवाको हेरचाह, रेखदेख, निगरानीका साथै गोडमेल पनि आफैं गर्नुपर्छ । आफूले जिम्मेवारी पाएको बिरुवा संरक्षण अभावले मरे, गाइबस्तुले खाइदिए स्वयं सदस्य नै जिम्मेवारी हुनेछन् । यो कार्यले पार्कभित्र रहेका बिरुवाको संरक्षण भएको अध्यक्ष निरौलाले दाबी गरिन् । उनका अनुसार कसले राम्रोसँग बिरुवा संरक्षण गर्दै हुर्काउने भन्ने विषयमा सदस्यबीच नै होडबाजी चलेको छ । हुर्किरहेका बिरुवाले मलजल राम्रो पाएका छन् । चाँडो हुर्किएका छन् ।

टाइगर हिलबाट धनकुटा बजारको दृश्य स्पष्ट देखिने भएकाले धनकुटा घुम्न आएका पर्यटक एक पटक त्यहाँ पुग्ने गर्छन् । कोसी राजमार्गअन्तर्गतको धनकुटा–हिले सडकखण्डको छेउमै पर्ने भएकाले यहाँ घुम्न आउनेको संख्या प्रतिदिन बढिरहेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.