मोरङलाई उपाधि

मोरङलाई उपाधि

बेलबारी : मोरङ फुटबल एकेडेमीले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।मोरङको बेलबारी नगरपालिका-११, लक्ष्मीमार्गको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा साविक विजेता बिर्तामोड युनाइटेडलाई ६-० को फराकिलो अन्तरले निराश बनाउँदै मोरङले उपाधि जितेको हो ।

साविक उपविजेता मोरङको जितमा कर्ण लिम्बू एक्लैले ह्याट्रिक गरे । उत्कृष्ट खेल पस्किएको मोरङको सनसनीपूर्ण जितमा निशान लिम्बू, सौजन राई र विदेशी खेलाडी पेन्कले एकएक गोल गरे । मोरङले पहिलो संस्करणको फाइनलमा बिर्तामोडसँगै पराजय बेहोरेको थियो । मोरङले यसपटक त्यो हारको बदला लियो ।

खेलको सुरुआतदेखि नै तालमेल गुमाएको बिर्तामोडलाई मोरङले अन्तिम समयसम्म पनि कुनै मौका दिएन । एकपक्षीय खेलमा मोरङले पाएको अवसरको सदुपयोग गर्दा सहज जित निकाल्न सक्यो । उपाधिसँगै मोरङले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँमा प्राप्त ग¥यो । उपविजेता बिर्तामोडले एक लाख ११ हजार एक सय ११ रुपैयाँमा चित्त बुझायो ।

सुरुआतमै झापाविरुद्ध दबाब सिर्जना गरेको मोरङले खेलको पाँचौं मिनेटमै पहिलो गोल गरेको थियो । विदेशी खेलाडी पेन्कको रिबाउन्ड बललाई निशान लिम्बूले गोल गरे । त्यसको एक मिनेटपछि नै कर्ण लिम्बूले मोरङको अग्रता दोब्बर बनाए । आफ्नै प्रहार दोस्रो बारमा लागेर फर्किएपछि कर्णले नै हेड गर्दै बललाई जाली चुमाएका थिए । ३८औं मिनेटमा विवेक पौडेलको पास लिएर एक्लै अघि बढेका सौजन राईले वान भर्सेस वानको स्थितिमा बललाई पोस्टको दिशा दिँदा पहिलो हाफमा मोरङ ३-० गोलले अघि रह्यो ।

खेलको ५६औं मिनेटमा बिर्तामोडका गणेश हेमरनले डिबक्सभित्र कर्ण लिम्बूलाई फल गरेपछि रेफ्री श्याम दनुवारले मोरङलाई पेनाल्टी दिएका थिए । पेनाल्टीमा पेन्क चुकेका थिए ।

निशान लिम्बूको पासमा कर्णले बललाई जाली चुमाउँदा ५९औं मिनेटमा मोरङ ४-० ले अघि बढ्यो । ६४औं मिनेटमा विवेक पौडेलको क्रस पासमा एक्लै बल लिएर अघि बढेका कर्ण लिम्बूले बललाई जाली चुमाउँदा उनले ह्याट्रिक पूरा गरे । मध्यान्तरपछिको इन्जुरी समयमा सुरज राईको पासमा विदेशी खेलाडी पेन्कले गोल गर्दै टोलीलाई ६-० को फराकिलो अन्तरले विजयी बनाए ।

पाएका थुप्रै अवसरलाई खेर फाल्दा बिर्तामोड पराजित हुन पुग्यो । ३४औं मिनेटमा रोशन थाम्स्वाङको पासमा लक्ष्मण चौधरी चुके । मध्यान्तरपछि केही सुधारिएको प्रदर्शन गरेको बिर्तामोडका नानी लिम्बूले ४८औं मिनेटमा गोल गर्न सकेनन् । आशिष चापागार्इंको पासमा खाली पोस्टमा लिम्बू चुक्दा बिर्तामोड अभागी ठहरियो । ५१औं मिनेटमा आशिष चापागाईंकै प्रहार मोरङका जीवन धामीले क्लियर गरेका थिए ।

शनिबारको खेलको म्यान अफ दी म्याच मोरङका जीवन धामी घोषित भए । प्रतियोगिताको म्यान अफ दी सिरिज मोरङका विवेक पौडेल भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । मोरङका किशोर गिरी उत्कृष्ट गोलरक्षक बने । सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्ट्राइकरको उपाधि कर्ण लिम्बूले प्राप्त गरे । उत्कृष्ट डिफेन्सको उपाधि मोरङका प्रवेश दनुवारले पाए । उदीयमान खेलाडी आयोजक डाँगीहाटका मनीष राई र मिडफिल्डर मोरङकै संजोग राई घोषित भए । उत्कृष्ट प्रशिक्षक मोरङका सञ्जीव बुढाथोकी भए । विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, आयोजक समितिका अध्यक्ष विक्रम राई लगायतले पुरस्कार प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.