बालबालिकामाथिको हिंसा र बलात्कार झन बढ्दो

बालबालिकामाथिको हिंसा र बलात्कार झन बढ्दो

काठमाडौं : यस वर्षको बालदिवस मनाइरहँदा आफ्नो अधिकारको सुनिश्चितता महशुस गर्नुका सट्टा दिनप्रतिदिन बढेको हिंसा र बलात्कारका घटनाले बालबालिका त्रासपूर्ण वाताबरणमा बाँच्न बाध्य भएका छन् ।

हरेक बिहान पत्रिका पढ्दा वा रेडियो सुन्दा बलात्कारको समाचार नभएको दिनै नहोला । यस्तो अवस्थामा बालबालिकामाथि हुने बाल यौन दुब्र्यवहार र बलात्कारका घटना कति बढे भन्ने जोकोहीले सजिलै अनुमान लगाउन सक्छन् । आर्थिक वर्ष २०७४÷७५मा दुई सय ४३ जना बालबालिकामाथि भएको बालयौन दुब्र्यवहार र बलात्कारका घटनामध्ये ४९ प्रतिशत अन्तिम चौमासिकमा घटेको पाइएको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय केन्द्रिय बालकल्याण समितिले प्रकाशन गरेको प्रतिवेदनले बालबालिकाको यो अवस्था देखाएको छ । विभिन्न संचार माध्यममा प्रकाशनमा आएका घटनाहरुलाई संकलन गरि तयार पारिएको उक्त प्रतिवेदनका अनुसार यस वर्षको तीन वटा चौमासिकलाई तुलना गर्दा सबैभन्दा बढी अन्तिम चौमासिकमा एक सय २० जना (४९ प्रतिसत) बालबालिका बाल यौन दुब्र्यवहार तथा बलात्कारका घटनामा परेका छन् । त्यसैगरि दोस्रो चौमासिकमा ७८ जना(३२ प्रतिशत) र पहिलो चौमासिकमा ४५ जना (१९ प्रतिसत) बालबालिका यो जघन्य अपराधको शिकार भएको पाइएको छ ।

घटनाको तुलना गर्दा बालकमाथि भएका बालयौन दुब्र्यवहारका घटनाभन्दा बालिकामाथि भएका बलात्कारका घटनाको संख्या बढी रहेको प्रतिवेदनले देखाएको छ । यीमध्ये दुई सय ३६ (९७ प्रतिसत) बालिकामाथि बलात्कार भएको देखिन्छ भने सात जना (३ प्रतिसत) बालकलाई यौन दुब्र्यवहार भएको पाइएको छ । बलात्कारका घटना पछिल्लो चौमासिकमा निकै बढेको देखिन्छ । पहिलो र दोस्रो चौमासिकमा क्रमशः ४४ र ७४ जना बालिका बलात्कृत भएको घटना सार्वजनिक भएकोमा तेस्रो चौमासिकमा एक सय १८ बालिका यो निकृष्ट हिंसाबाट पीडित भए । बलात्कारका घटनाहरुमध्ये सामूहिक बलात्कारबाट २४ जना बालिका पीडित भएकोमा तेस्रो चौमासिकमा मात्रै १४ जना पीडित भएका छन् ।

उमेर समूहको आधारमा विश्लेषण गर्दा सबैभन्दा सानो ८ महिनाकी बालिका आफ्नै बाबुबाट बलात्कृत भएको पाइयो । त्यसैगरि पाँच वर्षभन्दा मुनिका ११ जना, ६ देखि १० वर्ष उमेरका ४८ जना, ११ देखि १८ वर्ष उमेरका एक सय ७७ जना बालिका पीडित भएको पाइयो ।

देशभरका ४६ जिल्लामा घटेका घटनाहरुलाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानका ब्यक्तिबाट ९३ जना बालिका बलात्कारमा परेको पाइएको छ । त्यसैगरि ६७ जना छिमेकीबाट, आफ्नै बुबा र हाडनाताबाट ३० जना, शिक्षक तथा प्राधानाध्यापकबाट १६ जना, सेना ÷प्रहरी तथा कर्मचारीबाट १५ जना र घरेलु बाल श्रममा रहेका १५ जना बालिका घर मालिकबाट बलात्कृत भएका पाइयो ।

प्रतिवेदनमा बालअधिकार हनन्का पाँच सय ८३ वटा घटनाहरुमा एक हजार दुई सय ७३ जना बालबालिका प्रभावित भएको पाइयो । सबैभन्दा बढी अन्तिम चौमासिकमा तीन सय ६ वटा घटनाहरुमा ६ सय ७५ जना बालबालिका पीडित तथा प्रभावित भएको पाइयो । जसअन्र्तगत बाल श्रम, बलात्कार, मुत्यु, बालविवाह, हत्या, बेचविखन तथा ओसार पसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजाय रहेका छन् । तुलनात्मक रुपमा हेर्दा सबैभन्दा बढी बाल श्रमका घटना घटेको पाइयो । आर्थिक वर्ष ७४÷७५मा तीन सय ८४ बालबालिका बाल श्रममा प्रयोग भएका प्रतिवदेनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.