कीर्तिपुर बस दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गोविन्द रिजालको मृत्यु

कीर्तिपुर बस दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गोविन्द रिजालको मृत्यु
सुन्नुहोस्

काठमाडौं : कीर्तिपुरमा भएको बस दुर्घटामा त्रिभुवन विश्वविद्यालयका कृषि अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द रिजालको मृत्यु भएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले बस दुर्घटनामा प्राध्यापक डा.रिजालको मृत्यु भएको पुष्टि गरेका हुन्। उनको आइतबार अपरान्ह ३ बजेर १० मिनेटमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।

आइतबार दिउँसो कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको बा.३ ख.२०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको थियो।  दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको कीर्तिपुरमा र एकजनाको ट्रममा सेन्टरमा उपचार भइरहेको छ।

ट्रमा सेन्टरमा  बसका चालक २७ वर्षीय रमेश लामाको उपचार भइरहेको छ। उनको दाहिने खुट्टामा चोट लागेको छ। दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.