घुसले राजु लामा तानिएपछि एलिजालाई कोटेश्वरको कमाण्ड

घुसले राजु लामा तानिएपछि एलिजालाई कोटेश्वरको कमाण्ड

काठमाडौं : कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका प्रहरी अधिकारी घुसकाण्डमा मुछिएर तानिएपछि त्यहाँ नयाँ कमाण्डर पठाइएको छ। प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी पहरा गण सामाखुशीमा तानेर उनको स्थानमा एलिजा गिरीलाई पठाएको हो । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत गिरीलाई सुरक्षा चुनौती रहेको स्थानको कमाण्डर तोकिएको हो । उनले आइतबार नै कोटेश्वरको कमाण्ड सम्हालेकी छन् । गिरीलाई पहिलो पटक इञ्चार्जको जिम्मेवारी दिइएको हो । यसभन्दा पहिले उनले महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा काम गरेकी थिइन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार कोटेश्वरको मुनिभैरव चोकस्थित लुम्बिनी तन्दुरी भोजनालयबाट इन्सपेक्टर लामाका भान्से प्रहरी जवान मुकेश पटेललाई ५ हजार घुससहित समातेको थियो । 

अख्तियारले भने कोटेश्वरका प्रहरीबाट एक लाख रुपैयाँ घुस बरामद भएको जनाएको छ । घुसकाण्ड बाहिरिएपछि आईजीपी सर्वेन्द्र खनालले शनिवार नै कोटेश्व र काँडाघारी प्रभागका प्रहरी परिवर्तन गर्न निर्देशन दिएका छन् । 

प्रहरी मुख्यालयले महानगरीय प्रहरी प्रभाग काँडाघारीका इन्चार्ज इन्स्पेक्टर हरि ओझालाई पनि तानेको ओझाको साटो इन्स्पेक्टर सुधीर राईलाई पठाइएको छ। 

शनिबार राति अख्तियारको टोलीले घूस लिएको अभियोगमा नौजना प्रहरीलाई नियन्त्रणमा लिएको थियो । अख्तियारको टोलीले शनिबार साँझ काठमाडौँको काँडाघारी र कोटेश्वरबाट उनीहरुलाई घुससहित समातेको हो । 

अख्तियारले महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गानालाई पक्राउ गरेको थियो । त्यसैगरी हवल्दारहरु दीपक भारती, उमेश यादव र अमन चौधरी पनि पक्राउ परेका छन् । 

अख्तियारले प्रहरी जवानहरु रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पट्टेललाई पनि पक्राउ गरेको छ। उनीहरुले लिएको एक लाख रुपैयाँ घुसमा असई सुवासले ४५ हजार र अर्का असई गोपालले ३० हजार लिएका थिए । 

बालुवा खानी सञ्चालनहरुबाट लिएको घुस हवलदार र प्रहरी जवानहरुले ५/५ हजार रुपैयाँ भागमा पाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.