जनकपुरदेखि पटनासम्म बस सेवा सुरु

जनकपुरदेखि पटनासम्म बस सेवा सुरु

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरबाट भारतको विहार राज्यको राजधानी पटनासम्म बससेवा आइतबारबाट औपचारिक रुपमा सुरु भएको छ। 

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा एक विशेष समारोह पश्चात हरियो झण्डा देखाएर बससेवाको आरम्भ गरे।

यसअघि भदौ २८ गते बिहारका मुख्यमन्त्री नितिशकुमारले पटनामा हरियो झण्डा देखाएर पटनाबाट जनकपुरसम्म बससेवाको उदघाट्न गरेका थिए। नेपाल र भारतबीच पारवाहन सम्झौता अनुसार जनकपुर–पटना बससेवा सुरु भएको हो।

बिहान ११ बजे ३० जना यात्रु बोकेर जनकपुरबाट छुटेको छ बस साँझ ६ बजे पटना पुग्ने छ। पहिलो चरणमा दुवै स्थानबाट दैनिक २÷२ वटा बस सञ्चालन गरिने जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जानकारी गराएका छन्। 

जनकपुरदेखि पटनासम्म चारवटा बस सञ्चालन गर्ने परमिट प्राप्त भएपनि यात्रुको चाप अनुसार बस थपिदै जाने चौधरीले बताए। जनकपुरस्थित बस पार्कबाट हरेक दिन बिहान १० बजे र राति ८ बजे तथा पटनाबाट बिहान ८ र राति १० बजे बस छुट्ने समय निर्धारण गरिएको जनाइएको छ।

नेपाल–भारत मैत्री बससेवा नाम दिइएको बससेवाका लागि नेपालको तर्फबाट काठमाडौंस्थित स्वयंभु मञ्जुश्री प्रालि र भारततर्फबाट विहार सरकारको विहार राज्य पथ परिवहन विभागले बस उपलब्ध गराएको छ।
जनकपुरबाट पटनासम्म करिब ७ घण्टाको यात्राका लागि नेपाली ४ सय ४० रुपैयाँ भाडा तोकिएको छ। जनकपुरबाट छुट्ने बस भिठ्ठामोड, सीतामढी, मुजफ्फरपुर हुँदै पटना पुग्ने छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएको बेला जनकपुर–पटना र काठमाडौं–बोधगया बससेवा सञ्चालन गर्ने घोषणा गरेका थिए। मोदीले घोषणा गरेको चार वर्षको अन्तरालपछि बससेवा सुरु भएको हो।

बससेवा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले सेवाले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे। 
यस बस सेवाबाट हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटकलाई ल्याउन ठूलो भूमिका खेल्न सकिने मुख्यमन्त्री राउतको भनाइ छ। 

नेपाल भारत बीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले बस संचालनमा देखिएका अप्ठ्यारालाई अन्त्य गर्न नेपाल तर्फका सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।

स्वयम्भु मंजुश्री यातायात प्रालिका अध्यक्ष अनिल चालिसेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वन, पर्यटन, उद्योग तथा संस्कृति मन्त्री राम नरेश राय, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिनेश आमात्यसहितको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.