जुवाडेको साथबाट चार लाख बरामद : नौजना पक्राउ
बझाङ : जिल्ला प्रहरी कार्यलयले जुवा खेल्दै गरेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ। सदरमुकाम चैनपुरमा रहेको माउन्टेन भ्यु होटेल बाट शनिबार जुवा खेल्दै गरेको अवस्थामा होटल साहुसहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जुवाडेको साथबाट प्रहरीले ४ लाख २५ हजार ४ सय २० रुपैयाँ नगद बरामत गरेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले जानकारी दिए।
प्रहरी नियन्त्रणमा परेका जुवाडेमा मष्टा गाउँपालिका ५ का लालबहादुर बोहरा, वडा नम्बर ६ का शिवराज बोहरा, सोही गाउँपालिका ७ का मात सिंह बोहरा रहेका छन्। यस्तै जयपृथ्वी नगरपालीका ५ का कलकबहादुर सिंह, वडा नम्बर ३ का गणेश रोकाया, वडा नम्बर ११ का प्रकाश रोकाया रहेको डीएसपी धितालले जानकारी दिए।
प्रहरी प्रमुख धितालका अनुसार छविसपाथीभेरा गाउँपालिका ७ का तिलक धामी र सोही गाउँपालिका २ का विराट कठायत पनि प्रकाउ परेका छन् । प्रहरीले शनिबार राति विषेश सूचनाको आधारमा माउन्टेन भ्यु होटेलको २०४ नम्बर कोठा बाट जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। होटल संचालक सुर्मा गाउँपालीका ४ घर भएका चक्रबहादुर बोहरालाई पनी प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकालाई फौजदारी कार्यविधि संहिता ऐन २०७४ को १२५ को १ बमोजिम मुद्दा दर्ता गरेको छ। तास खेल्नेलाई तीन महिना कैद वा ३० हजार जरीवाना गरिने व्यवस्था छ। दोस्रो पटक पनि तास खेल्दै गर्दा पक्राउ परे एक वर्ष कैद र ५० हजार जरिवानाको सजाय हुनेछ।