फरार प्रतिवादी पक्राउ
महोत्तरी : महोत्तरीमा चारजना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई खोजतलासका क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा गौशाला नगरपालिका-२ का ४२ वर्षीय विनोद महतो रहेको छ। उनीमाथि ज्यान सम्बन्धी कसुर मुद्दा रहेको छ। त्यस्तै कर्तव्य ज्यान मुद्दामा फरार रहेको जलेश्वर नगरपालिका-१३ का ५५ वर्षीय देवेन्द्र चौधरी, सम्सी गाउँपालिका-४ का २५ वर्षीय उमेश झा र सम्सी गाउँपालिका-४ का ५१ वर्षीय उमेश झा रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महोत्तरी जिल्ला अदालत जलेश्वर तथा वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताए।
प्रतिक्रिया दिनुहोस !