‘फुटबल सिक्न पाउँदा खुसी’

‘फुटबल सिक्न पाउँदा खुसी’

मलंगवा : विगत तीन वर्षदेखि वागमतीको खेलमैदानमा साथीसँग फुटबल खेल्दै आएकी वागमती नगरपालिका- १२ की १३ वर्षीया अनु राई प्रशिक्षकसँग फुटबल सिक्न पाउँदा खुसी भएकी छिन्।

जिल्लास्तरमा बालिकाहरूको फुटबलप्रतिको आकर्षण घट्दै गरेको समयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले ग्रासरुट प्रशिक्षण थालेपछि अनु जस्तै ३० बालिका खुसी देखिएका छन्। शारीरिक व्यायामका लागि खेल्दै आएकी अनुले प्रक्षिशणमा भाग लिएपछि फुटबलमै केही गर्छु भन्ने आशा पलाएको बताइन्। ‘खेलकुदमा महिलाको सहभागिता एकदमै न्यून छ’, अनुले भनिन् ‘सधैं दुई चारजना साथीसँग खेल्थेँ। आफूजस्तै धेरै साथीसँग खेल्न पाएपछि खुसी लागेको छ।’

उनले फुटबलको जग बलियो बनाउन पहिलेदेखि नै यस्ता कार्यक्रम ल्याएको भए जिल्लाबाट थुप्रै खेलाडी जन्मिने उनले बताइन्। ‘आफूखुसी खेल्दा कहिले बल त कहिले जुत्ता हुँदैनथियो। प्रशिक्षणमा सबै सामग्री छ। प्रशिक्षकको सल्लाह सुझावमा खेल्न पाएपछि खेलमा पनि निखार आउने विश्वास छ’ अनुले भनिन्।

जिल्लाका प्रतिभालाई ग्रासरुटबाटै पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न प्रशिक्षण सुरु गरिएको एन्फा सर्लाहीका महासचिव उज्ज्वल कार्कीले बताए। उनले एक सय २५ पुरुष र ३० महिला प्रशिक्षणमा सहभागी भएको बताए।

उनले पहिलो चरणको छनोट लालबन्दीमा सञ्चालन गरिएको र दोस्रो चरण हरिवन नगरपालिका र वागमती नगरपालिकामा गरिने जानकारी दिए। हप्ताको चार दिन बालबालिकालाई उनीहरूले पढ्ने विद्यालय तथा पायक पर्ने खेल मैदानमा प्रशिक्षक गराइएको उनले बताए। ग्रासरुट क्याम्पमा सहभागीलाई रोजित केसीले प्रशिक्षण दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.