उपेन्द्र यादवलाई कालो झण्डा देखाउने ६ जना पक्राउ

उपेन्द्र यादवलाई कालो झण्डा देखाउने ६ जना पक्राउ

राजविराज : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कालो झण्डा देखाउने ६ जना पक्राउ परेका छन्। 

राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका फोरम नेपालका अध्यक्ष र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवलाई कालो झण्डा देखाउने ६ जना पक्राउ परेका हुन्। 

एसपी राजेन्द्र विष्टका अनुसार स्वतन्त्र मधेस गठबन्धनका जिल्ला संयोजक सुरेन्द्रप्रसाद शर्मासहित ६ जना पक्राउ छन् ।

सप्तरीमा यादवले कार्यक्रम गर्न लागेको थाहा पाएपछि गठबन्धनका कार्यकर्ता विरोधमा उत्रिएका थिए । गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएर नाराबाजी गर्ने प्रयासका क्रममा उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा शर्मासहित राजविराज ५ का भुपेन्द्रप्रसाद दास, कञ्चनरुप १ का अनिल पञ्जियार, छिन्नमस्ता ४ का धर्मदेव यादव, हनुमाननगर कंकालिनी ११ का गुलाब मण्डल र जीवन लौगी रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.