प्रलोभनमा बेचिन्छन् चेली

प्रलोभनमा बेचिन्छन् चेली

इलाम : जीवनभरि सुख दिन्छु भन्दै भारत बेच्न लगिएकी फिदिम नगरपालिकाका–५ की १९ वर्षीया युवतीलाई नेपाल प्रहरी, भारतीय सुरक्षाकर्मी र माइती नेपालको टोलीले इलामको पशुपतिनगर नाकाबाट घर फर्काएको छ ।

प्रहरीले मानव बेचबिखनमा संलग्न भारत दार्जिलिङ राङवाङका दलवीर मुखिया र विवेक राईलाई पक्राउ गरेको छ । दुवैलाई मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मुद्दा दायर गरिएको छ ।

प्रहरीका अनुसार विवाह गर्छु, जिन्दगीभर सुख दिन्छु भनी फकाउँदा नमानेपछि पाँचथर घुमाइदिन आग्रह गरेका थिए । पीडित युवतीले जबर्जस्ती राँकेसम्म ल्याएको प्रहरीले बयान दिएकी छन् । उनका अनुसार पाँचथर घुमाइदेऊ भनी बोलाई कुराकानी गर्दा गर्दै हामी भारत फर्किन लागेको परसम्म लगिदेऊ भनी राँकेसम्म गाडीमा ल्याएका थिए । पछि गाडी रोक्न आग्रह गर्दा परिवारले थाहा पाएर केटी मान्छेको इज्जत गयो भन्दै फकाएर पशुपतिनगरसम्म पुर्याएका थिए ।

 उच्चशिक्षा पढेकाहरू पनि दलालको पञ्जामा पर्ने गरेका छन् ।

भदौ २९ गते साँझ नाका कटाउन लाग्दा तैनाथ सुरक्षाकर्मी र माइती नेपालको टोलीले युवतीको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिए । उनलाई आवधिक गृहमा दुई दिनसम्म परामर्श दिएर परिवारको जिम्मा लगाइएको छ । पशुपतिनगर मानव तस्करीको बाटो बन्दै गएकोप्रति चिन्ता बढिरहेको अवस्थामा पछिल्लो पटक नाकाबाटै युवतीको उद्धार गरिएको छ ।

पछिल्लो एक वर्षमा इलामबाट ६३ महिला हराएका माइती नेपालको तथ्यांकमा छ । हराएकामध्ये २२ जनालाई फेला पारेर परिवारलाई जिम्मा लगाएको ढकालले बताए । झापामा हराएका ८६ मध्ये ३० फेला परेका छन् । मोरङमा हराएका २७ मध्ये तीन र सुनसरीबाट हराएका ३५ मध्ये १५ जना फेला पारेर परिवारलाई जिम्मा लगाएको माइती नेपालले जनाएको छ ।

पछिल्लो समय तस्करहरूले महिलालाई फसाउन निःशुल्क भिसासहित आश्वासन, सुखको प्रलोभनमा नेपालको सीमा कटाउँदै आएका छन् । माइती नेपालको तथ्यांकमा नेपाली महिलाहरूलाई ५२ जिल्लाका नाका हुँदै भारतसम्म पुर्याइने गरको उल्लेख छ । दलालले मुख्य नाकाभन्दा पनि अन्तु, समाल्बुङतिरका चोरबाटो प्रयोग गर्न थालेपछि नियन्त्रण र जाँचमा समेत चुनौती थपिएको छ ।

दलालले आफू पहिले नै भारत पुगेपछि युवतीलाई बोलाउने, समाजिक सञ्जाल प्रयोग गरी प्रलोभनमा पार्ने गर्न थालेपछि आर्थिक अभाव खेपिरहेका महिलाहरू सहजै फस्ने गरेको माइती नेपालले जनाएको छ । नाकामा महिला सुरक्षाकर्मी लगाएर निरन्तर जाँच गएिए पनि दलालको जालमा परेका महिला र युवतीले आफन्तकहाँ हिँडेको लगायत बहाना बनाउने गरेकाले पनि पहिचामा निकै गाह्रो पर्ने गरेको देखिएको छ ।

विभिन्न बहानामा भारत लगिनेमा १४ देखि २७ वर्षका युवतीहरू बढी रहेको माइती नेपालले जनाएको छ । उच्चशिक्षा पढेकाहरू पनि दलालको पञ्जामा पर्ने गरेका छन् ।

गत वर्ष भारतको चारमाइलबाट पाँच जना महिलालाई भारतीय महिला सञ्जालको सहयोगमा फिर्ता गरेको घटनाले पनि तस्करहरूले चोरबाटो प्रयोग गरिरहेका पाइन्छ । माइती नेपालले सिलिगुडी, कालेबुङ, सिक्किम, चारमाइल, दसमाइललगायतबाट एक वर्षमा ३२ जना महिलालाई उद्धार गरिसकेको छ ।

इलामका पशुपतिनगर, गोर्खे, जोगमाई, समाल्बुङ, श्रीअन्तु, जिर्मलेलगायत भारतसँग सीमा जोडिएका साविक गाविसमा रहेका नाकाबाट महिलाहरू भारत पुर्याउने गरिएको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.