नवलपरासीबाट सिके राउतका २० कार्यकर्ता पक्राउ

नवलपरासीबाट सिके राउतका २० कार्यकर्ता पक्राउ

परासी : सिके राउत का २० जना कार्यकर्तालाई पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीले बुधबार पक्राउ गरेको छ। 

संविधानको विरोधसहित प्रहरी हिरासतमा रही उपचारका क्रममा मृत्यु भएका बाँकेका कार्यकर्ता राम मनोहर यादवको सम्झनामा पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा सिके राउतका कार्यकर्ताले कार्यक्रमको आयोजना गरेका थिए। 

हातमा कालोपट्टी बाँधेर आएका उनीहरुले संविधानको विरोधगर्दै देश विखण्डनको नारा लगाउन थालेपछि पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 

कार्यक्रममा हस्तक्षेप गर्ने योजना नरहेपनि देश विखण्डनसहित जनमानसलाई उत्तेजितपार्दै शान्ति सुरक्षा खलल पुग्ने गरी नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको भट्टको भनाइ छ। 

 पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीहरुलाई आवश्यक सोधपुछपछि कारबाही हुने भट्टले जानकारी दिए।  पक्राउ पर्नेमा जिल्ला संयोजक श्रीकृष्ण यादवसहित, रामग्राम नगरपालिका, सरावल, प्रतापुर, सुस्ता, पाल्हीनन्दन गाउँपालिकाका कार्यकर्ता छन्। 

पक्राउ पर्ने शोभादेवी हरिजन, दुलारी केवट, लालटी हरिजन, सयरा खातुन, दुर्गावती चौहान, धु्रवप्रसाद गौंड, भिखारी पासी, प्रकाश पासवान, जैनुद्दिन अनसारी, अमेरिका हरिजन, वीरेन्द्र खरबार, रविश कुर्मी, अभिमन्यु कुर्मी, रोशन सहानी, विक्रम गौंड, सिकन्दर गौंड, मार्कण्डे दास, कृष्णानन्द कोहाँर र विजय हरिजन रहेका छन्।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.