अफागनिस्तानको लागि अविस्मरणीय त्यो खेल

अफागनिस्तानको लागि अविस्मरणीय त्यो खेल

युएर्इ : एसिया कपको जारी खेलमा कुनै चमत्कारिक खेल नदेखिए पनि अफगानिस्तानका लागि भने विशेष रह्यो । तेस्रो खेलमा अफगानिस्तानले श्रीलंकालाई ९१ रनले हराएपछि नै उक्त खेल दुबै देशका लागि अविष्मरणीय बन्यो ।

वान डे क्रिकेट अन्तरगत श्रीलंकालाई अफगानिस्तानले पहिलो पटक हराएको हो । यही कारण पनि अफगानिस्तानको क्रिकेट टीम र समर्थकले विशेष रुपमा विजय उत्सव मनाए ।

बलियो टीम मानिएको श्रीलंका भने अफगानिस्तानसँगको हारसँगै खेल चरणबाट बाहिरिनु पर्यो । पाँच पटकको च्याम्पियन श्रीलंका नै खेल चरणबाट बाहिरिने पहिलो टीम बन्यो । अफगानिस्तान भने सोही जितबाट ग्रुप बी बाट सुपर–४ मा पर्न सफल भएको हो ।

उक्त खेलपछि अफगानिस्तानका खेलाडी र समर्थकले श्रीलंकाविरुद्धको खेल आफ्नो देशको नै ऐतिहासिक खेल भएको प्रतिक्रिया दिएका छन् । सामाजिक संजाल प्रयोगकर्ता
 तथा अफगानी क्रिकेट खेलाडी तथा समर्थकले श्रीलंकासँगको त्याे खेल कहिल्यै बिर्सन नसक्ने टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.