सितु खरेलले ल्याइन् 'म जस्तै तिमी पनि..'
काठमाडाैं : गायिका सितु खरेलको सातौं गीति संग्रह 'म जस्तै तिमी पनि' लोकार्पण भएको छ। बेलायतको लण्डन बस्दै आएकी खरेल लामो समयदेखि सांगितीक यात्रामा पनि सक्रिय छिन् ।
काठमाडौंमा बुधबार एक समारोहका बीच उनकै श्रीमान वरिष्ठ संचारकर्मी सुमन खरेलले गीति संग्रह विमोचन गरे । अग्रज कलाकार तथा संगीतकर्मीको उपस्थितीमा सार्वजकि गरिएको उक्त गिती संग्रहमा संग्रहित सबै गीत बेलायतका लागि नेपाली राजदूत डाक्टर दुवसु क्षेत्रीले लेखेका हु्न्।
तिम्रो त्यो वचन, केही गीत छन्, जिन्दगीलाई धेरै, कहिलो आगो जस्तो, दुख्छ मेरो मन पनि, म जस्तै तिमी पनि गरी ६ गीत संग्रहमा समेटिएका छन् ।
सचिन सिंह, प्रभुराज ढकाल, कर्ण दास, हरि लम्साल, न्हुँ बज्राचार्य, र चण्डीप्रसाद काफ्लेले संगीत भरेका हुन् । गीतिसंग्रहको बजार व्यवस्थापन विन्ध्यवासिनी म्युजिक प्रालिले गरेको हो।
कार्यक्रममा गायिका खरेलले गीतिसंग्रहमा संग्रहित दुर्इ गीत सुनाइन् । साथै एक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। कार्यक्रममा कवि तथा गीतकार विप्लव प्रतिकले गीतमाथि टिप्पणी गरे। कार्यक्रममा गायिका खरेलले आफ्नो श्रीमानको सहयोगकै कारण आफू सांगीतिक क्षेत्रमा स्थापित हुन सकेकोले उहाँकै हातबाट गीतिसंग्रह विमोचन गराएको बताइन् ।
संचारकर्मी सुमन खरेलले सो गीति संग्रहबाट प्राप्त सबै रोयल्टी मानव सेवा आश्रम नामक संस्थामार्फत समाज सेवामा लगाइने घोषणा गरेका छन्।