जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः विजयी

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः विजयी

टोकियो : जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन्। उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा अबे अध्यक्षमा निर्वाचित भएको बताइएको छ । 

विजयीसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहनुहुने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षका छन्। उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेको बताइएको छ ।

उनको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गरेका थिए। नेता इसाबा जापानको पूर्व रक्षामन्त्री हुन्। 

जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। अबे पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उनको सपना पूरा हुने देखिएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.