१३ वर्षीया बालिका बाबुबाट बलात्कृत

१३ वर्षीया बालिका बाबुबाट बलात्कृत

दाङ  ः दाङमा आफनै बाबुबाट  १३ वर्षिया बालिका बलात्कृत भएकी छन । तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको तथ्य बाहिर  आएको छ । पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ आएपछि उपचारका क्रममा बाबुबाट बालिका बलात्कृत भएको  खुल्यो । 

छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई  नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । 

उनले बालिकाको जिल्ला बाहिर उपचार भइरहेको र रिपोर्टमा समेत बलात्कार भएको पुष्टि भएपछि बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकोे बताए ।  बालिका उपचारमा रहेकाले उनी जिल्ला फर्के लगतै कानुनी प्रक्रिया अघि बढ्ने सापकोटाले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.